काठमाडौं, ४ बैशाख । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि बैशाख १५ गतेसम्म लकडाउन लगाएको छ । यो अवधिमा सरकारले मृत्यु संस्कार र उपचारबाहेक अन्यलाई सवारी पासको अनुमति नदिने घोषणा गरिसकेको छ ।
तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा भने अझैपनि सवारी पास लिनेको ठूलो भीड लाग्ने गरेको छ । लकडाउन घोषणा भएकै रातदेखि सवारी पास लिनेको भीड लाग्दै आएको छ । सवारी पास लिनेको भीड नियन्त्रण गर्न यसअघि प्रशासनले प्रहरीसमेत परिचालन गर्नुपरेका समाचार बाहिरिएका थिए ।
हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार आजपनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सवारी पास लिनेहरुको निर्धारत सामाजिक दूरी कायमबिना नै तँछाड–मछाडको अवस्था देखिएको थियो ।
PHOTO : Mukunda Kalikote/ReportersNepal