Logo

भरुवा बन्दुकसहित एक जना पक्राउ



कञ्चनपुर, ४ वैशाख : कृष्णपुर नगरपालिका– ४ नमूना सामुदायिक वन क्षेत्रबाट प्रहरीले भरुवा बन्दुकसहित ५८ वर्षीय एक व्यक्तिलाई आज पक्राउ गरेको छ ।

सामुदायिक वनमा शङ्कास्पद अवस्थामा भरुवा बन्दुकसहित हिँड्दै गरेका कैलालीको गोदावरी नगरपालिका– ११ कालिका टोलका मोहनबहादुर साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए । बन्दुकसहित पक्राउ परेका साउदलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउनका लागि थप अनुसन्धानको कार्य भइरहेको छ ।

गोरुगाडा सहित काठ बरामद

इलाका प्रहरी कार्यालय गुलरीयाको गस्ती टोलीले आज लालझाडी गाउँपालिका– ४ देखतभुलीको ग्राभेल सडकमा बेवारिसे अवस्थामा रहेको एक हल गोरु र गोरु गाडामा राखेको सालको गोलिया एक थान र एक थान आरा फेला पारेको छ । बरामद काठ, गोरुगाडा र आरा आवश्यक कारवाही अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय लालझाडीमा बुझाइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot