Logo

यसरी हनुमान पवन पुत्र भए



शिवजी को ११ औं रुद्र अवतार मध्येका एक महावीर श्री हनुमान जी प्रभु श्री रामको अनन्य भक्त हुन् । हनुमान जी ले आफ्नो भक्त माथी कृपा गरी उनको सारा कष्ट संकटमोचन गर्दछन् । हनुमानजी ले वादर जातीमा जन्म लिए । उनको माता अंजना र वानरराज केशरी पिता हुन् ।

हनुमानको पछाडी एक पौराणीक कथामा भनिएको छ, एक पटक ऋषिले स्वर्गमा बस्ने अप्सरा ‘अंजना’ लाई यो श्राप दिए कसैसँग विवाह गरेमा उसको मुख बादरको समान हुनेछ ।अप्सराले भगवान ब्रह्मासँग मद्दतको लागि गुहार मागिन् । ब्रह्माको आर्शिवादबाट अंजनाले पृथ्वीमा मानवको रुपमा जन्म लिइन् र पछि बादरको राजा केशरीसँग विवाह गरीन् । अंजना भगवान शिवको परम भक्त थिइन् र उनको भक्तिबाट प्रसन्न भएर भगवान शिवले उनको पुत्रको रुपमा जन्म लिनेको वरदान दिए । जसको परिणाम स्वरुप अंजनाले पवन पुत्र हनुमानलार्ए जन्म दिइन् जो भगवान शिवको अवतार हुन् ।

एक पटक अयोध्याको राजा दशरथ आफ्नो पत्निहरुको साथमा पुत्रेष्टि हवन गरीरहेका थिए । यो हवन पुत्र प्राप्तीका लागि भइरहेको थियो । हवन समाप्त पछि गुरुदेवले प्रसादको खीर तीन रानीलाई थोरै थोरै बाडिदिए । खीरको एक भाग कागले आफ्नो स्थानमा लगयो जहाँ अंजना तपस्या गरीरहेकी थिइन् । यो सब भगवान शिव र वायु देव को इच्छा अनुसार भइरहेको थियो । तपस्या गरीरहेकी अंजनाको हातमा जब खीर आयो उनले शिवजी को प्रसाद सम्झेर ग्रहण गरिन् । यहि प्रसादको कारणले हनुमानको जन्म भयो ।



प्रतिक्रिया दिनुहोस्