Logo

धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ



नवलपरासी (पश्चिम), ४ वैशाख । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा हरिशचन्द्र ढकाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सुनवल नगरपालिकाका ढकाललाई पक्राउ गरेको हो ।

पुरानो रिसीइबीको कारण सोही ठाउँका मन प्रसाद गाहालाई ढकाल सहित ४ जनाले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुनवल र अस्थाई प्रहरी विट भुमहीबाट खटिएको प्रहरीले ढकाललाई पक्राउ गरेको हो । धारिलो हतियार प्रहारबाट घाइते भएका गाहालाई स्थानीय रामनगर सामुदायिक अस्पताल भुमही हुँदै थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवलतर्फ पठाएको छ ।

घटनामा संलग्न अन्य फरार ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्