Logo

कोरोना निकाे भएपछि कुन देशले कसरी गर्छन बिरामीलाई डिस्चार्ज



एजेन्सी, ६ वैशाख । कोरोना भाइरसको महामारीले विश्वलाई नै त्रसित बनाइरहेका छ। पछिल्लो समय भाइरसबाट मर्ने मानिसहरुको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ। यसबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भइरहेको छ।

यस्तोमा विश्वका केही कोरोनाबाट त्रसित देशहरुमा कोरोना भाइरसका बिरामीहरुको परीक्षण कसरी हुन्छ? र उनीहरुलाई कहिले र कसरी अस्पतालबाट डिस्चार्ज गरिन्छ? भन्ने बारेमा जानकारी दिने प्रयास गरिएको छ।

  • चीन

कोरोना भाइरसको सुरुवात भएको चीनमा भाइरसको प्रकोप फेरि देखिन शुरु भएको बताइएको छ। चीनमा कोरोना पोजिटिभलाई लगातार तीन दिनसम्म ज्वरो नआएमा र २४ घण्टाभित्र लिइएको दुईवटा नमुना परीक्षण नेगेटिभ निस्किएमा उनीहरुलाई अस्पतालबाट छुट्टी दिइरहेको छ। उनीहरुलाई १४ दिनसम्म घरमै क्वारेन्टाइन बस्नका लागि सल्लाह दिइएको छ र मास्क लगाउनका लागि पनि भनिएको छ। यसका अलावा दोस्रो हप्ता र चौँथौ हप्तामा मेडिकल चेकअपकका लागि भनिएको छ।

  • अमेरिका

पछिल्लो समय कोरोना भाइरसको सबैभन्दा धेरै असर अमेरिकामा नै देखिएको छ। ६ लाखभन्दा धेरै मानिसहरु कोरोना भाइरस पोजेटिभ रहेका छन्। अमेरिकामा २४ घण्टाको अन्तरालमा नाक र घाँटीबाट स्याम्पल लिइन्छ। यदि लिइएका चारवटै नमुना नेगेटिभ रहेमा र उसलाई ज्वरो पनि आएन तथा कुनै पनि प्रकारको स्वास्थ्य समस्या देखिएन भने तब उसलाई घर जानका लागि अनुमति दिइन्छ।

  • इटाली

कुनै बिरामीमा कोरोनाको लक्षण देखिन बन्द भएमा २४ घण्टामा लिइएको नमुनाको नतिजापछि कोभिड–१९ नेगेटिभ निस्किएमा उसलाई घर जाने दिइन्छ। यदि कुनै बिरामी ७ दिन वा त्योभन्दा पहिले नै ठीक हुन्छ भने इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार ७ दिनपछि उसको फेरि जाँच गरिन्छ र तब उसलाई कोरोना नेगेटिभ भएको मानिन्छ। यसका अलावा जो मासिनहरुलाई इटालीमा क्वारेन्टाइनमा राखिएको छ, उनीहरु क्वारेन्टाइटन शुरु भएको १४ दिनपछि परीक्षण गरिन्छ। यदि उनीहरुमा कोरोना नेगेटिभ निस्कियो भने उनीहरुलाई घर जाने अनुमति दिइन्छ।

  • भारत

यदि कुनै बिरामीको कोरोना टेस्ट नेगेटिभ निस्कियो भने बिरामीलाई उसको मेडिकल अवस्थाको आधारमा अस्पतालबाट छुट्टी दिइन्छ। यसका लागि बिरामीले छातीको रेडियोग्राफक टेस्ट दिनुपर्ने हुन्छ। यसबाट उसको छातीमा कुनै पनि प्रकारको संक्रमण त छैनन भन्ने जाँच गरिन्छ। यसका अलावा २४ घण्टाको अन्तरालमा बिरामीको दुई नमुना लिइन्छ र त्यसको जाँच गरिन्छ। यदि दुबै रिपोर्ट नेगेटिभ निस्किएमा उसलाई घर जान दिइन्छ। यद्यपी केही बिरामीको अवस्थालाई मध्यनजर गर्दै डाक्टरहरुले १४ दिनको निगरानीमा पनि राखेका छन् भने केही मानिसहरुलाई घरमै क्वारेन्टाइन बस्नका लागि पनि सल्लाह दिइएको छ।

  • सिंगापुर

सिंगापुरमा हाल कोरोनाको ३ हजारभन्दा पनि बढी संक्रमितमध्ये ६ सय भन्दा धेरै मानिसहरु ठीक भएर आफ्नो घर गइसकेका छन्। त्यहाँ कुनै मान्छेलाई २४ घण्टाभित्रमा ज्वरो देखिएन भने र उनीहरुको २४ घण्टाभित्र लिइएको नमुना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आयो भने उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिन्छ। यद्यपी डिस्चार्ज भएपनि उनीहरुले हरेक दिन अस्पतालबाट आउने फोनमा आफ्नो स्वास्थ्यका बारेमा जानकारी दिनुपर्ने हुन्छ।- एजेन्सी 



प्रतिक्रिया दिनुहोस्

Screenshot