Logo

पुटिन-सी जिनपिङ टेलिफोन वार्ता, कोरोना महामारीको राजनीतिकरणको विरोध



एजेन्सी, ४ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । दुई नेताबीच कोरोना भाइरसको महामारीविरुद्धको लडाईंबारे कुराकानी भएको बताइएको छ ।

चिनियाँ राष्ट्रिय टेलिभिजनले दुई नेताबीच आपसी सहयोगका बारेमा कुराकानी भएको जनाएको छ । दुई नेताबीचको कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र रुसले संयुक्त रुपमा कोरोना भाइरसको महामारीलाई राजनीतिकरण गर्ने विषयको विरोध गर्नुपर्नेमा जोड दिएको भनिएको छ । चिनियाँ टेलिभिजनका अनुसार सी जिनपिङले महामारीको राजनीतिकरणले अन्तर्राष्ट्रिय सहयोगलाई फाइदा नपुग्ने बताएको उल्लेख छ ।

पछिल्लो समय कोरोना भाइरसको महामारीको विषयमा अमेरिका र चीनबीच विवाद चलिरहेको छ । यसबीच पुटिन र सी जिनपिङबीच भएको कुराकानीले महत्वपूर्ण सन्देश प्रवाह गरेको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्