Logo

आर्थिक क्षतिलाई कम गर्न भारतले दोस्रो राहत प्याकेज ल्याउने



४ वैशाख : कोरोना भाइरस र लकडाउनले पारेको आर्थिक क्षतिलाइ कम गर्न भारत सरकारले दोस्रो आर्थिक प्याकेज ल्याउने तयारी शुरु गरेको छ।

यसै बसषयलाइ लिएर बिहिबार भारतीय बित्त मंन्त्री निर्मला सीतारमणले भारतिय प्रधानमंत्री नरेन्द्र मोदीसंग भेट गर्ने भएकी भारतीय अनलाइन प्रत्रिका दैनिक भाष्करले जनाएको छ।यदि बिहिबार नै आपसी सहमति भएमा छिट्टै दोस्रो राहत प्यकेजको घोषणा हुने बताइएको छ।

दोस्रो राहत प्याकेजम माइक्रो, स्मल तथा मीडियम एंटरप्राइजेजमा विशेष फोकस हुने आँकलन गरिएको छ। लकडाउनका कारण सबैभन्दा बढी यिनै सेक्टरमा प्रभाब परेको कारण यसमा बढी फोकस गर्न लागिएको हो। एक अधिकारिका अनुसार यी क्षेत्रमा १५ हजार करोड भारतीय रुपैयाँ बराबरको क्रेडिट ग्यारेन्टी फण्ड दिने सम्भाबना रहेको छ।

यस अघि १.७ लाख करोड भारतिय रुपैयाँ बराबरको राहत घोषणा भएको थियो।मेरोलागानी File Photo



प्रतिक्रिया दिनुहोस्