एजेन्सी, ५ वैशाख । ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मानडेटालाई हटाएका छन् । उनको ठाउँमा नेल्सन टिकलाई नयाँ स्वास्थ्यमन्त्री बनाएका छन् ।
कोरोना भाइरसभन्दा महत्वपूर्ण देशको अर्थतन्त्र हो भन्दै बोलसोनारोले देशमा लकडाउन गर्न नमानिरहँदा मानडेटा कडाईको पक्षमा थिए । उनी बोलसोनारोको कोरोनासम्बन्धी पछिल्ला भनाईहरुप्रति असन्तुष्टि जनाइरहेका थिए ।
बोलसोनारोे ब्राजिलमा कोरोना संक्रमण ह्वात्तै बढ्दा पनि सामाजिक दुरीलगायत रोगको रोकथामको उपायमा बेवास्ता गर्दै आएका छन् । मानडेटाले ब्राजिलमा शैक्षिक संस्था बन्दको समर्थन गरेका थिए । यसै कारण उनी राष्ट्रपति बोलसोनारोको तारो बने ।
मानडेटा पछिल्लो समय ब्राजिलमा निकै लोकप्रीय छन् । उनले आफू पदबाट हटेको ट्वीट गर्दै सहयोगीप्रति धन्यवाद व्यक्त गरे ।-Photo Source: Mercopress