Logo

हिन्दूको लासले पायो मुस्लिमको काँध



भोपाल, बैशाख ५ । भारतको भोपाल राज्यमा कोरोनाका कारण देश लकडाउन रहदाँ हिन्दूको अन्तिम संस्कारमा मुस्लिमले साथ दिएका छन् । भोपालको टिलाजमालपुराका स्थानिय मुस्लिम मलामी मात्रै बनेन उनीहरुले राम नाम सत्य हो भन्दै शव पनि बोकेको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

एक हिन्दू महिलाको मृत्युपछि मुस्लिम छिमेकीले उनको शव घाटको शवदाह गृहसम्म लगिदिए । तर समाजका सदस्यहरु लकडाउनका कारण मद्दतमा आउन सकेनन् । भारतीय सञ्चार माध्ययमका अनुसार टिलाजमालपुरा निवासी मोहन नामदेव इलाकामा बरफगोला बेच्न ठेला चलाउँथे ।

उनकी ५० वर्षीया पत्नी क्षमाको मृत्यु मंगलबार भएको थियो । अर्थी बोक्न चार जना आवश्यक थियो तर घरमा मोहनका दुई छोरा मात्र थिए । दुई छोराले आफ्नो साथी आदिलको मद्दतबाट आमाको शव नगर निगमको गाडीबाट घर लिएर आए ।

बुधबार आदिलले बस्तीका सबैलाई यसको जानकारी दिए । त्यसपछि स्थानीयसँग मिलेर शव सजाएपछि क्षमाका दुई छोरा र बस्तीका मुस्लिम युवक शव लिएर छोला रोडस्थित शव दाहगृह पुगे, जहाँ उनको अन्तिम संस्कार भयो ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्