Logo

भारतमा बैंक तथा वित्तीय संस्थाका लागि १० खर्बको राहत प्याकेज



एजेन्सी, ५ वैशाख । भारतीय रिजर्भ बैंक (आरबीआई) ले देशमा जारी लकडाउनका बीच बैंक, माइक्रोफाइनान्स इंस्टीट्यूट (एमएफआई) र बैंकिंग वित्तीय कम्पनीहरु (एनबीएफसी) लाई ठूलो राहत प्रदान गर्ने घोषणा गरेको छ । आरबीआईले ती बैंक तथा वित्तीय संस्थाहरुलाई १० खर्ब भारु नगद दिने व्यवस्था गरेको हो ।

भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले नगद प्रवाह बढाउनका लागि शुक्रबार अन्य कयौँ घोषणा गरेका छन् ।

रिजर्भ बैंकले ५० हजार करोड भारु टारगेटेड लंग टर्म रिपो अपरेशनका माध्यमबाट ५० हजार करोड सिस्टममा ल्याउने घोषणा गरेको छ ।

यसैगरी रिभर्स रिपो दर ०.२५ प्रतिशतले घटाएर ४ प्रतिशतबाट ३.७५ प्रतिशतमा झारेको छ । आर्थिक संकटका बीच यी संस्थाहरुलाई नगदमा अधिक समस्या भइरहेकाले यस्तो घोषणा गरिएको बताइएको छ ।

संकटका क्रममा देशको अर्थतन्त्र बचाउनका लागि रिजर्भ बैंक क्रियाशील रहेको छ । योभन्दा पहिले पनि रिजर्भ बैंकका गभर्नर दासले रिपो दरमा ०.७५ प्रतिशतको भारी कटौतीको घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्