Logo

एशियामा संकट,विकास दर शून्य हुने



एजेन्सी, ५ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण सन् २०२० मा एशिया क्षेत्रको विकास दर शून्य प्रतिशत रहने बताइएको छ । यो विकास दर सन् १९६० पछिको सबैभन्दा कम हो ।

आईएमएफले एक भर्चुअल प्रेस कन्फरेन्स मार्फत एशियाको विकास दर शून्य प्रतिशत रहने बताएको हो । एशिया प्यासिफिक विभागका डाइरेक्टर चांग्योंग री ले यस्तो संकट योभन्दा पहिले कहिल्यै नआएको बताए ।

आईएमएफले यो विश्वव्यापी वित्तीय संकटभन्दा पनि खराब भएको र एशियाली देशहरुमा यससँग बच्ने क्षमता नभएको बताएको छ ।

यद्यपी एक्टिभिटीको मामलामा एशियामा अन्य क्षेत्रको तुलनामा अवस्था राम्रो रहेको बताइएको छ ।

आईएमएफले बिहीबार जारी गरेको वल्र्ड इकोनोमिक आउटलुकमा सन् २०२० मा विश्व अर्थतन्त्र तीव्र गतिमा सुस्ताउने भन्दै विकास दर ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot