Logo

कोरोना रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यमन्त्री ढकाल र सचिव कोइरालाको भूमिका सराहनीय



काठमाडौं, ५ बैशाख । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले यही बैशाख १५ गतेसम्म लकडाउन लगाएको छ । सरकारले बेलैमा सचेतना अपनाएको कारण कोरोनाको संक्रमण नेपालमा फैलिन नपाएको भनेर यतिवेला सरकारको प्रशंसासमेत भैरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण हालसम्म एक लाख ४७ हजारसम्म ३ सय ६० जनाको निधन भैसकेको छ भने झण्डै २२ लाख मानिस यो भाइरसबाट संक्रमित छन् । र, ५ लाख ५४ हजार दुई सय ३२ जना यो रोगबाट निको भैसकेका छन् ।

नेपालमा भने हिजो साँझसम्मको तथ्यांकअनुसार १६ जना संक्रमित छन् । जसमध्ये एक जना निको भएर घर फर्किईसकेका छन् । अहिलेसम्म नेपालमा यो भाइरसका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन् । सरकारले सुरुदेखि नै सचेतना अपनाएको र समयमै लकडाउन कायम गरेको कारण कोरोनाको संक्रमण फैलन नपाएको भन्नेपनि जनआवाज सुनिन्छ ।

यसको लागि विभागीय मन्त्रीका हिसाबले स्वास्थ्य तथा जनसख्यामन्त्री भानुभक्त ढकाल र स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले प्रभावकारी भूमिका खेलेका छन् । मन्त्री ढकाल र सचिव कोइरालाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सक्रिय भूमिका निर्वाह गरेका छन् । मन्त्री र सचिवलाई मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीले पनि उत्तिकै साथ दिएका छन् ।

देशभरि कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेका कदमको कार्यान्वयनबारे मन्त्री ढकाल र सचिव कोइरालाले सुक्ष्म रुपमा अध्ययन तथा अनुशन्धान गर्नेदेखि आवश्यक निर्देशन दिनेसमेतका काम गरिरहेका छन् । यो बीचमा स्वास्थ्य सामग्री खरिद सम्झौतालाई लिएर मन्त्री ढकाल र सचिव कोइरालाको नाम मुछेर विवाद सिर्जना गर्न खोजिएपनि अन्ततः उक्त सम्झौता स्वास्थ्य सेवा विभागले गरेको र उसले नै खारेज गरिदिएको छ ।

यो प्रकरणमा मन्त्री ढकाल र सचिव कोइरालालाई अनावश्यक रुपमा मुछ्न नहुने पनि जनमत त्यतिवेला देखिएको थियो । मन्त्रालयले पछिल्लो समय कोरोनाको परीक्षणलाई तिव्रता दिएको छ । उसले आफ्नो मातहतका विभागलाई द्रुत गतिमा काम गर्नसमेत निर्देशन दिएको छ । सात वटै प्रदेशलाई आवश्यक स्वास्थ्य सामग्रीको पनि बन्दोबस्त गरेको छ । अहिले काठमाडौं उपत्यकामात्रै नभएर काठमाडौं बाहिरबाट पनि एकसाथ कोरोना परीक्षण भैरहेको छ ।

कोरोनाको लडाई जित्नको लागि सरकारको प्रयत्नले मात्रै सम्भव नहुने बताउँदै मन्त्री ढकालले निजी क्षेत्रदेखि लिएर सम्बन्धित सबै क्षेत्रका विज्ञ, सल्लाहकार, संघ तथा संस्थासँग सहकार्य गर्नेसमेत उद्घोष गरेका थिए । सोहीअनुसार उनले अहिले कोरोनाविरुद्धको लडाईमा समन्वयकारी भूमिका समेत निर्वाह गरिरहेका छन् । देशभरिका अस्पताललाई कोरोनाको उपचारका लागि तयारी अवस्थामा रहनसमेत उनले निर्देशन दिएका थिए । सुरु सुरुमा ज्वरोको विरामीसमेत नहेर्ने भनेर निजी अस्पतालहरुले विरामी फर्काउने गरेका समाचार आएपछि मन्त्री ढकाल र सचिव कोइरालाले निजी अस्पतालका सञ्चालकहरुसँग छलफल गरेर विरामीको उपचारमा कनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै नेपाल र नेपालीहरुकोलागि अझै केही साता अप्ठ्यारो र जटिल परिस्थिति रहने बताउँदै लकडाउनको पूर्ण पालना गर्न अपिल गरेका थिए । सोही अनुसार उनले बैशाख २ गते सम्बोधन गरेर बैशाख १५ गतेसम्म लकडाउन लम्ब्याएका थिए । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्