Logo

राहतमा पार्टीको सदस्यता छुट्याउनुपर्ने आवश्यकता छैन- मानबहादुर जीसी, मेयर पोखरा महानगरपालिका



काठमाडौं, ५ वैशाख । पोखरा महानगरपालिका मेयर मानबहादुर जीसी अचेल राहत वितरणमा व्यस्त छन् । उनले आफ्नो नगरपालिकाभित्र कोही पनि भोकै बस्नु नपर्ने बताएका छन् । मेयर बिसीसँग यीनै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
सरकारले गरेको लकडाउनलाई जनताले साथ दिएका छन् तपाईंंहरुले उहाँहरुको समस्याका बारेमा सोच्नुभएको छ ?
जनतालाई आफ्नो बलबुताले भ्याएसम्म सहयोग गर्ने महानगरपालिकाले व्यवस्था मिलाएको छ ।
त्यहाँका जनताको समस्या समाधान महानगरपालिकाले सकेको छ ?
महानगरपालिकाले जनतालाई आइपरेका समस्याको समाधान गर्न सक्नुपर्छ ।
अहिलेसम्म के के समस्या छ ?
पहिलो त अहिले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले यहाँका जनतालाई ठूलो समस्यामा पारेको छ । त्यो हुँदाहुँदै पनि सरकार लकडाउन गर्न वाध्य छ । त्यसलाई सघाउनुपर्छ भनेर महानगरवासीहरुलाई सुसूचित गराउने काम पनि गरेका छौं । कोरोनाका बारेमा सचतालाई सुसूचित गराउनका लागि महानगरपालिका, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायत सम्बन्धित सबै लागेर सुसूचित गराउने काम गरिएको छ । यो लकडाउनले सबैभन्दा बढी समस्या दैनिक ज्यालादारी गरेर खाने वर्गलाई परेको छ । त्यस्ता वर्ग, समुदायलाई महानगरपालिकाले राहत प्याकेजको व्यवस्था गरिएको छ ।
दुःखपीडामा परेका, खाननपाएका वर्ग सबैले राहत पाए त ?
सबैले राहत पाएका छन् भनेर त म भन्न सक्दिँन । कोही नआएको पनि हुन सक्छ । सकैले पहिला नै व्यवस्था गरेर बसेका पनि हुन सक्छन् । अहिलेसम्म हाम्रो महानगरपालिकाका २० हजार घरपरिवारले राहत पाइसकेको अवस्था छ । पहिलो चरणको राहत वितरण कार्य सकिएपछि वास्तविक व्यक्तिले राहत पाए कि पाएनन् भनेर अनुगमन गछौं । हिजो मात्रै हामीले ‘म समस्यामा परेँ भनेर फोन गर्नेलाई घरमैमा राहत पुर्याएका थियौं । कतिपय सामाजिक संस्था, महानगरपालिका लगायतले राहत वितरण कामलाई अगाडि बढाएका छौं । त्यसैले पोखरावासीलाई लकडाउनका खानै नपाएर मरियो भन्ने पार्दिनँ ।
अहिले स्थानीय सरकार कमजोर भयो, पोखरामा राहतमा धाँधली भयो भनिएको छ नि किन ?
महानगरपालिकाले त्यस्तो काम गरेको पनि छैन र गर्न पनि चाहँदैन । हामीले प्रष्ट भनेका छौं, ‘राहतको नाममा राजनीति गरेर पीडितलाई झन् आहात नहोस’ भनेर । कोरोना रोग र भोक सबै पार्टीका मान्छेलाई लाग्छ । त्यसमा कुनै पार्टीको सदस्यता छुट्ट्याउनुपर्ने आवश्यकता छैन । भोलि यहाँ नागरिक नै रहेन भने केको राजनीति गर्ने ? हामीले जसलाई भनेर राहत दिएका छौं त्यो सम्बन्धित व्यक्तिकोमा पुग्यो किन अन्तै गयो त्यसको रेखदेख गर्ने अध्ययन तथा छाविन टोली पनि बनाइसकेका छौं । ती वितरण गरिएका राहतमा पनि कमीकमजोरी भएकै छैन भन्दैनौं भएका होलान् । किन त्यो मानिसको बानीव्यवहोरा र चरित्र हो । अहिलेको संकटमा महानागरपालिकाले राजनीतिभन्दा माथि उठेर काम गर्ने योजना बनाएको छ । यहाँ को कांग्रेस, को कम्युनिस्ट को अरु सबै एउटै हो । हिजो मात्रै हामीले एकमहिनादेखि खान समस्या भएको भन्ने सुनेर तुरुन्तै उपलब्ध गराएका छौं । उहाँलाई हामीले कु पार्टीको के हो को हो ? भनेर नसोधीकन राहत दिएका छौं । हामीले खान्ने भनेको को न्यून परिवारको अथवा लक्षित वर्ग हो भनेर मात्रै हेर्छौं । पोखरा महानागरपालिकाले संघ र प्रदेश सरकारसँग राम्रो समन्वय गरेर काम गरिरहेको छ ।
न्यून वर्गको चुल्हो बाल्न सक्नुभएको छ ?
अहिलेको अवस्थामा पोखरा महानगरपालिकाभित्रका मजदुर वर्गले भोकै बस्नुपर्दैन । अरु ठाउँमा के भयो हामीलाई थाहा छैन । पोखरामा हामीले अभाव हुन दिएका छैनौ र दिँदैनौं पनि ।
पोखरामा कति जना क्यारेन्टाइनमा बसेका छन् त ?
अहिलेसम्म हामीले होम क्वारेन्टाइनलाई नै जोड दिएका छौं । स्वाथ्यकर्मीहरु पनि त्यसैमा लाग्नुभयो । हामीले एउटा अस्पताललाई क्वारेन्टाइन बनाएका छौं । त्यहाँ अहिले २, ३ जना मात्रै छन्, अरु कोही छैनन् । त्यसैले हामीले यहाँका जनतालाई होम क्वारेन्टाइनमा जोड दिएका छौं । एउटा अस्पतालबाहेक अरु ठाउँलाई हामीले क्वारेन्टाइन बनाएका पनि छैनौं ।



प्रतिक्रिया दिनुहोस्