एजेन्सी, ५ वैशाख । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २२ हजार एक सय ७० पुगेको छ । भाइरसको संक्रमणबाट एक लाख ६८ हजार ९ सय ४१ जना प्रभावित भएका छन् । त्यसैगरी इटलीमा ४० हजार एक सय ६४ जना मानिसहरु भाइरसको उपचारपछि सकुसल घर फर्केका छन् ।
त्यस्तै, दुई हजार ९ सय ३६ जना मानिसको अवस्था गम्भिर रहेको छ । अमेरिका भने निकै प्रभावित भएको छ । इटाली कोरोना संक्रमण सुरु भए पश्चात सय भन्दा बढी चिकित्सकको निधन भएको छ । कोरोनाको संक्रमणले दोश्रो चरणको भयाबह स्थिति पैदा गर्न सक्ने चीनको अनुमान रहेको छ ।
विश्वभर भाइरस संक्रमणबाट २१ लाख ९३ हजार पाँच सय ५८ जना प्रभावित भएका छन् भने मृत्यु हुनेको संख्या एक लाख ४७ हजार तीन सय ७८ पुगेको छ l Photo Source : CNN