Logo

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा



५ वैशाख : नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि नेपाली मुद्रा कमजोर भएको हो ।

शुक्रबार एक अमेरिकी डलरको खरिद मूल्य १ सय २२ रुपैयाँ ६८ पैसा । बिक्री मूल्य १ सय २३ रुपैयाँ २८ पैसा तोकेको छ । यो हालसम्म कै उच्च मूल्य कायम भएको हो ।

बिहीबार डलरको खरिद मूल्य एक सय २२ रुपैयाँ १ पैसा र बिक्री मूल्य एक सय २२ रुपैयाँ ६१ पैसा कायम भएको थियो ।

भारतीय रुपियाँ कमजोर भएसँगै डलर महंगिएको हो । नेपाली रुपैयाँको डलरसँग प्रत्यक्ष विनिमय दर निर्धारण हुँदैन । भारतीय रुपियाँसँगको स्थिर विनिमय दरका कारण भारतीय रुपियाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ। मेरोलागानी



प्रतिक्रिया दिनुहोस्