दिशामा रगत आउनु वा कालो रंगको दिशा आउनु एक मेडिकल स्थिति हो, जसलाई मेडिकल भाषामा मेलेना भनिन्छ । दिशामा रगत आउनु आफैमा रोग नभई अन्य कुनै रोगको संकेत हो । रगत आउनु मात्र लक्षण हो । दिशाको रंग कालो आउनु पनि धेरै रगत दिशामा मिल्नु हो ।
दिशामा रगत आउनु पाचन तन्त्रमा रगत बग्ने परिणाम हो । रगत विशेष त पेट, इसोफेगस जा सानो आन्द्राको माथिल्लो भागबाट बग्छ । पाचन तन्त्र थोरै धेरै रगतको मात्रा खाद्य पद्धार्थ पाचन क्रियामा सहभागी हुन्छ, जसको कारण दिशा कालो देखिन थाल्छ ।
यदि दिशाबाट धेरै मात्रामा रगत आएमा मेडिकल इमर्जेन्सी नै सहयोगी हुनसक्छ । कालो रंगको दिशा निरन्तर आएमा सधै डाक्टरको सल्लाहमा जानुपर्छ ।
कारण
कालो दिशा आउने बाहिरी र भित्री कारण छन्
बाहिरी कारण
- अत्यधिक चकलेटको सेवन
- आइरनको कमी
- बिमस्थ सबसैलिसिलेट जस्तो औषधिको सेवन
भित्री कारण
- असामान्य रक्त वाहिका
- पेटमा अल्सर
- आन्द्राको भागमा रक्त आपुर्ति रोकिनु
- पेट सुन्निनु
- पेटमा इसोफेगस अत्यन्तै फैलनु
- सानो आन्द्रा क्यान्सर
- नाकबाट रगत बग्ने समस्या हुनेलाई
- आन्द्रामा समस्या
लक्षण
यसको मुख्य लक्षण गाढा कालो रंगको दिशा आउनु हो । यो रोग सामान्य रहेमा गाढा कालो रंगको हुन्छ तर धेरै मात्रामा रगत बगेमा दिशा चारकोल रंगको हुन्छ । पाचन रसको सम्र्पकमा हुने कारण पनि कालो रंगको दिशा हुनसक्छ ।
- पेट फुल्ने( पेट भरेको महसुस हुने)
- पहेलो
- थकान
- सास फेर्न गाह्रो हुने
- हृदयको गति तेज हुनु
जब यो लक्षण देखेमा, सामान्यतया भन्दा धेरै मात्रामा रगत बग्ने संकेत हो । जसको तुरुन्त जाँच गर्नु आवश्यक हुन्छ ।