Logo

लव कुशको जन्म कहानी



रामायण कालको प्रसंग आज पनि त्यत्तिकै चर्चा छ । श्रीराम, सीता र लक्ष्मणको वनवास बाट अयोध्या आएपछि खुशीको घटना भएको थियो । जब राम र सीता माता पिता बन्ने वाला थिए । यो खबरले दरबारमा खुशीको माहौल बनेको थियो । सबै परिवार अत्यन्त खुशी थिए । तर उक्त खुशी जाने दिन आइसकेको थियो । अयोध्यामा सीतालाई रावणले हरण गरी लगेको सबैलाई थाहा थियो । अयोध्याका प्रजाहरुले भित्रभित्रै विरोध गरेको थाहा पाएर सीता आफै पेटमा हुर्किरहेको बच्चाहरु लिएर वनवास गईन् । उनलाई जंगलसम्म पु¥याउन लक्ष्मण गएका थिए, सीतालाई लिन वाल्मिकी महर्षि आफै आए आश्रय दिए ।

आश्रममा पुगेर महर्षिले अयोध्याको सबै कुरा भुलेर एक सामान्य जीवन व्यतित गर्न सल्लाह दिए, महषर््िाको सल्लाह अनुसार उनले आफ्नो जीवन सरल बनाउदै लगिन् । केही दिन, महिना बित्दै गए उनले पेटमा हुर्किरहेको रामको गर्भलाई जन्म दिने दिन आयो । सीताले यतिबेला सम्म अयोध्यामा कतैबाट सम्र्पक गरीनन् । उता राम सीताले अयोध्या छाडेदेखि बाहिर हासेपनि भित्र भित्र तड्पिन्थे । राजा राम खाटमा नसुतेर भुईमा नै सुत्थे ।

केही दिनमा सीताले दुई बच्चाको जन्म दिइन् वाल्मिकिको साथै आश्रमका सबै मानिसहरु प्रसन्न भए । उनिहरुको नाम कुश र लव राखीदिए । बच्चाहरुको जन्म पश्चात सीताको धेरै समय उनीहरुकै पालन पोषणमा बित्थ्यो । आश्रमका अन्य मानिसहरुले पनि उनीहरुको ध्यान राखी सीतालाई मद्दत गर्थे ।



प्रतिक्रिया दिनुहोस्