Logo

प्रधानमन्त्री ओलीद्धारा मन्त्री, उच्चस्तरीय समितिका सदस्य तथा सीसीएमसी सदस्यहसँग छलफल



काठमाडौं, ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु, उच्चस्तरीय समन्वय समितिका सदस्य तथा सीसीएमसी सदस्यहसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार आजको बैठकमा कोरोना भाइरस संक्रमणविरूद्द जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि यही बैशाख १५ गतेसम्म लकडाउन लगाएको छ ।

प्रधानमन्त्री ओलीसँगको छलफलअघि कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको बैठकमा लकडाउनका कारण अलपत्र परेकाहरुको लागि राहत दिने वा उनीहरुलाई आ आफ्नो घरसम्म पुर्याउने व्यवस्था गर्नेबारे छलफल भएको स्रोतको दाबी छ । समितिको बैठक लगत्तै मन्त्रीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्