Logo

ब्राजिलका स्वास्थ्यमन्त्री मान्डेटा बर्खास्त



५ वैशाख : ब्राजिलका स्वास्थ्यमन्त्री लुइज हेर्निक्यु मान्डेटालाई बर्खास्त गरिएको छ । राष्ट्रपति जाइर बोल्सोनारोले बिहीबार उनलाई मन्त्री पदबाट हटाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रपतिको निर्देशनलाई पालना नगरेकोले उनलाई बर्खास्त गरिएको बताइएको छ । मन्त्रीले गरेको कतिपय कामप्रति बोल्सोनारोले केही समयदेखि असन्तुष्टि जनाउदै आएका थिए ।राष्ट्रपति बोल्सोनारोले स्वास्थ्य मन्त्रीमा अर्को व्यक्तिलाई नियुक्त पनि गरिसक्नु भएको छ । विभिन्न सञ्चार माध्यमहरुले सम्प्रेषण गरेको समाचार अनुसार नेल्सन टेइच नयाँ स्वास्थ्यमन्त्री बनेका हुन् ।

ब्रासिलियास्थित राष्ट्रपति कार्यालयमा पत्रकारहरुसँगको कुराकानीका क्रममा राष्ट्रपति बोल्सोनारोले बर्खास्त भएका मन्त्री मान्डेटाका बारेमा आफ्नो कुनै टिप्पणी नरहेको बताए । उनले भने, “मैले उहाँका बारेमा भन्नु केही छैन, उहाँलाई आलोचना गर्नु पनि छैन, म यसबारेमा केही बोल्दिन ।”

नवनियुक्त स्वास्थ्य मन्त्रीले अपेक्षाकृत काम गर्ने विश्वास गरिएको उनको भनाई छ । ब्राजिलमा कोरोनाभाइरसका कारण शुक्रबारसम्म ३० हजार ८९१ जना सङ्क्रमित भएका छन् भने एक हजार ९५२ जनाको मृत्यु भएको छ ।स्वास्थ्य अधिकारीहरुका अनुसार सङ्क्रमित भएकामध्ये १४ हजार २६ जना भने निको भएर बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot