Logo

नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित भेटिए, को–को हुन् ?



वैशाख ५, काठमाण्डौ । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज एकैदिन १४ जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीय र ४ जना नेपालीहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण देखिएको हो ।

यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।

मन्त्रालयको आधिकारिक फेसबुक पेजमा अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको उल्लेख गरिएको छ । जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको हो । जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुषः ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लामा २ जना २७ र ६३ बर्षिय पुरुष) रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्