Logo

लकडाउन कडाईका साथ कार्यान्वयन गराउन प्रधानमन्त्री ओलीको निर्देशन



काठमाडौं, ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चालेको कदम र कार्यक्रमलाई थप कडाईका साथ कार्यान्वयन गराउन निर्देशन दिएका छन् । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदका सदस्यहरू, उच्चस्तरीय समन्वय समिति र सीसीएम्सीका सदस्यहरूसहितको विशेष बैठकमा यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा कोरोना भाइरस संक्रमणविरूद्द जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । लकडाउनका कारण अलपत्र परेकाहरुको लागि सरकारले खान र बस्नको लागि प्रवन्ध गर्ने तर पैदल हिँडेर जानेहरुको लागि पनि रोक लगाउनेबारे आजको बैठकमा छलफल भएको थियो । PHOTO SOURCE: SURYA THAPA/PM’S PRESS ADVISOR

Related News:

बाटोमा अलपत्र परेका नागरिकलाई घर जाने व्यवस्था गर्न माग

मानव अधिकारकर्मीको संस्था जवाफदेहीता निगरानी समितिले मानवीय मर्यादाको सम्मान गर्दै वाध्यात्मक अवस्थामा नागरिकलाई आवागमन सुरक्षित बनाई आफ्नो जाने व्यवस्था मिलाउन सरकारसँग अपिल गरेको थियो । निगरानी समितिका संयोजक चरण प्रसाईले आज जारी गरेको प्रेस विज्ञप्तिमा घर हिँडेका बाटोमा अलपत्र परेका नागरिकलाई गन्तव्यसम्म सहजरुपमा पुग्न सक्ने वातावरणको सुनिश्चितताका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले तत्काल आवश्यक प्रबन्ध मिलाउन अपिल गरिएको छ ।

विपद् र लकडाउन लागू भएको अवस्थामा अरु कुनै उपाय नपाए/नदेखेपछि ज्यान जोगाउन आतुर भएर पैदलरुपमा जिल्लाका सिमानामा प्रवेश निषेध गरिएका कारणबाट बाटोमै अलपत्र परेको तथा भोकभोकै रहेका घटना, समाचार तथा दृष्यले हामीलाई स्तब्ध बनाएको जनाएको छ । त्यसैगरी, समितिले लकडाउनमा अतिआवश्यक काममा खटिएका व्यक्तिलाई सुरक्षाकर्मी गैरकानूनी शक्तिको प्रयोग, दुव्र्यवहार एवं कुटपिटका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परिचयपत्र देखाउँदा देखाउँदै त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तेजप्रकाश साहलगायत तीनजना चिकित्सकमाथि प्रहरीद्वारा भएको अमानवीय व्यवहार तथा लाठी प्रहार, धरानको एक स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी प्रहरीद्वारा कुटपिट भएको प्रति सो समितिले भत्र्सना गरेको छ । कुटपिट एवं दुव्र्यवहारका साथै गौर, रौतहट र केही दिनअघि भक्तपुर, भैरहवा, दाङ, नेपालगञ्ज तथा मुलुकका अन्य भूभागमा बारम्बार सुरक्षाकर्मीबाट भएका दुव्र्यवहार एवं कुटपिटका घटनाले ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा तत्काल बन्द गर्न र त्यस्ता कार्यका लागि जिम्मेवार प्रहरीमाथि अनुसन्धान गरी कानूनबमोजिम कारवाही गर्न जोडदार माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्