Logo

जनकपुरमा शंकास्पद नोट फाल्ने दुई महिलाहरु सीसीटिभीमार्फत सार्वजनिक



जनकपुरधाम ५ वैशाख : जनकपुरमा शंकास्पद नोट फाल्ने दुई महिलाहरुलाई धनुषा प्रहरीले सीसीटिभीमार्फत सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो करिब १ बजे जनकपुर उप-माहानगरपालिका ६ महाविर चोक स्थित २ जना ४०/४५ वर्षकि अपरचित महिलाहरुले रु १० को नेपाली नोट १२/१५ वटा बाटोमा छरी भागेको खबर प्राप्त हुनसाथ् प्रहरीले अनुसन्धान थालेको हो ।महिलाहरुलाई धनुषा प्रहरीले मोस्ट वान्टेडको सूचिमा राखेको छ ।

धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार बीचबाटोमा पैसा फाल्ने यी महिलाहरु मुख छोपेकोले पहिचान हुन गाह्रो भएको बताउँदै यीनीहरुलाई मोस्ट वान्टेडको सूचिमा राखिएको बताए ।

भारतमा समते नोटहरुमा कोरोना सँक्रमित विरामीले संक्रमण फैलाउने उदेश्यले थुक लगाएर फाल्ने गरेको घटना बाहिर आएको थियो । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबारमात्र १४ जना व्यक्ति फेला परेका छन् ।Photo Source : NewsBereau 



प्रतिक्रिया दिनुहोस्