Logo

यो औषधीले कोरोना संक्रमितलाई निको बनायो



एजेन्सी, ५ वैशाख । कोरोना भाइरसका संक्रमितमाथि एउटा औषधी परीक्षण भयो । औषधी थियो रेमडेसिभिर । यसले संक्रमितलाई छिट्टै निको बनाएको दाबी गरिएको छ ।

सीएनएनले सिटाट न्युज रिपोर्ट उल्लेख गर्दै औषधी परीक्षणबारे उल्लेख गरेको छ । जो जो विरामी परीक्षणमा सहभागी थिए उनीहरु ज्वरो र स्वासप्रश्वासको समस्यामा परेर कोरोना भाइरसको संक्रमित थिए । उनीहरु एक हप्ताभन्दा कम समयमै निको भई घर फर्किएको भनिएको छ ।

सिकागो विश्वविद्यालयले परीक्षणमा सहभागी विज्ञ डा. कथलिन मुलानीले आफ्ना विरामीहरु चाँडै डिस्चार्ज भएको तथ्य बाहिर ल्याइन् । उनी परीक्षणमा सहभागी छिन् । सिकागो विश्वविद्यालयले मुलानीको सूचनालाई क्लिनिकल परीक्षण भइरहेको जनाएको छ । विश्वविद्यालयले विज्ञप्तिमा निष्कर्षमा नपुगिसकेको र परीक्षण बाँकी रहेकाले काम पूरा नभएको उल्लेख गरेको सीएनएनले जनाएको छ ।

मुलानीले विरामी छ दिनमै निको भई घर गइरहेको तथ्यांक समेत दिएकी छिन् । उनको यो खुलासाले कोरोना भाइरसको औषधी दीर्घकालीन रुपमा पत्ता लाग्ने आशा बढेको छ ।

विश्वभर २० लाखभन्दा बढी मानिस संक्रमित भइसकेको छ र झण्डै डेढ लाखको मृत्यु भइसकेको अवस्थामा प्रयोगमा आएको औषधी अनुमोदित भएमा विश्वले फेरि आनन्दको श्वास फेर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्