Logo

सर्वोच्चद्धारा घर हिंडेकालाई निःशुल्क गन्तव्यसम्म पुर्याउन आदेश



काठमाडौं, ५ वैशाख । सर्वोच्च अदालतले लकडाउनका बखत विकल्पको अभावमा पैदल हिडिरहेकाहरुलाई निःशुल्क गन्तव्य सम्म अबिलम्ब पुर्याउने व्यवस्था गर्न आदेश जारी गरेको छ । आज सर्वोच्चले स्वास्थ्य सुरक्षाको व्यवस्थासहित गन्तव्यमा पुर्याउन आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीलगायतले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले ऐतिहासिक आदेश जारि गरेको गरेको हो । आजको आदेशले सरकारलाइ ब्यापक रूपमा मार्गदर्शन गरेको छ ।

संक्षेपमा अदालतले आज सरकारलाइ निम्न बमोजिमको आदेश जारि गरेको छः

– विकल्पको अभावमा पैदल हिडिरहेका व्यक्तिहरुलाई निशुल्क गन्तब्य सम्म अबिलान्ब पुर्याउने व्यवस्था गर्नु गराउनु
– हाल पैदल हिडी नसकेका तर आफ्नो घर जान चाहनेहरुलाई स्वास्थ्य सम्बन्धि सबै मापदण्ड पूरा गरि सुरक्षित रूपमा स्थानीय निकायसंग समन्वय गरि गन्तब्य सम्म पुर्याउने व्यवस्था तत्काल मिलाउनु ष्
-गन्तब्यमा पुगिसकेका हरुलाई पनि राहतको व्यवस्था मिलाउनु सो को लागि आवश्यक स्रोत साधन स्थानीय तहलाई उपलब्ध गराउनु
– जनघनत्व बढी भएका ठाउमा समेत पीसीआर टेष्टको बन्दोबस्त मिलाउनु
– स्वास्थ्य सम्बन्धि अधिकारलाइ लागु गर्न अस्पतालहरुको क्षमता बृद्दी गर्नु क्ष् जिल्ला अस्पतालमा आइसीयु बेडको निर्माण गर्नु
– स्वास्थ्य सम्बन्धि नियमावली निर्माण गरि तत्काल लागु गर्नु
-आइसोलेसन सेन्टरहरुको प्रभावकारी अनुगमन गर्नु

-सहायता वा उद्दार गर्दा बालबालिका, महिला तथा ज्येष्ठ नागरिकहरुलाई प्राथमिकता प्रदान गर्नु
-गाउमा पुगेका जनशक्तिहरुलाई कृषिमा कार्यमा सलग्न गर्न निशुल्क वा सहुलियत दरमा बिउ बिजन तथा उपकरणहरु प्रदान गर्नु



प्रतिक्रिया दिनुहोस्