Logo

बन्दाबन्दीमा सडक मर्मत गर्न माग



काठमाडौँ, ६ वैशाख । कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी भए पनि साँखु क्षेत्रमा पर्ने शङ्खरापुरमा सडक निर्माणलाई निरन्तरता दिइने भएको छ ।

शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले बन्दाबन्दीकै बेला सडक मर्मत सजिलो हुने भएकाले सङ्घीय सरकारसमक्ष सडक मर्मतका लागि माग गरिएको बताएका छन् । प्रमुख श्रेष्ठका अनुसार शङ्खरापुरको भोटेचौर, जहरसिंहपौवा, काउले जोड्ने बाटोको मर्मत कार्य थालनीका लागि माग गरिएको हो ।

बन्दाबन्दीसँगै सडक मर्मत कार्य बन्द हुँदा निर्माण सामग्री त्यसै रहेर क्षति हुँदै जान थालेपछि निश्चित सामाजिक दूरी कायम गरेर बाटो मर्मत कार्य थालनीका लागि सरकारसमक्ष अनुमति मागिएको उनले स्पष्ट पारेका छन् । झन्डै २६ किलोमिटरको यो सडक वर्षायामअगावै मर्मत गर्न जरुरी रहेको उनले बताएका छन् । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्

Screenshot