Logo

योजनाका उपकरण ल्याउन भारतले सहयोग गर्ने



काठमाडौं,बैशाख ६ । भारतीय ऊर्जा सचिव संजिवनन्दन सहायले आफ्नो भूमिमा रोकिएका नेपाली जलविद्युत् आयोजनाहरुको उपकरण नेपाल ल्याउन सहजीकरण गर्ने आश्वासन दिएका छन् । दक्षिण एसियाली मुलुकका ऊर्जासचिवबीच ऊर्जा क्षेत्रमा पारेको असर र प्रभावको विषयमा भएको भर्चुअल बैठकमा उनले उक्त प्रतिबद्धता जनाएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार भर्चुअल बैठकमा नेपाल, भारत, बंगलादेश र भुटानका ऊर्जा सचिवहरुले कोरोना भाइरस रोग ९कोभिड–१९० का कारण ऊर्जा उत्पादन, माग र वितरणमा भोग्नुपरेका समस्याबारे छलफल गरेका थिए । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot