Logo

आज २०७७ बैशाख ६ गते शनिबारको राशिफल



काठमाडौं, ६ बैशाख । आज श्री शाके १९४१ बि.स.२०७७ साल बैशाख ६ गते शनिबार इश्वी सन २०२० अप्रिल १८ तारीख बैशाख कृष्णपक्ष एकादशी तिथी शतभिषा नक्षत्र शुक्ल योग वव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा आनन्द योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋर्तु वरुथिनी एकादशीव्रत विश्व सम्पदा दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनीका निम्ती मित्रजनहरुको साथ र सहयोग प्राप्त रहनेछ । आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन । रचनात्मक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ । मान्यजनहरुको मार्गदर्शनमा जटिलकार्यहरु सम्पादित रहनेछ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) भौतिक श्रोत साधनको प्रयोगमा बिषेश साबधानि अपनाउनु पर्नेछ । सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथ र सहयोगमा केही दुरताको सामना गर्नुपर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौद्धिक क्षेत्रमा भने राम्रो समय रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) तपाईको कार्यको प्रतिफल अन्य ब्यतिmहरुले सहजतापूर्ण ढगमा प्राप्त गर्नेछन । यात्रामा उत्पन्न समस्याका कारण कामकाजको क्षेत्रमा समस्या उत्पन्न हुन सक्नेछ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलिको गलतअर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य चोटपटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुनसक्ने सम्भाबना रहेकोछ । यात्रामा साबधानी अपनाउनु पर्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्तिहरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनुपर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुची जाग्नेछ । साझेदारी कार्यको क्षेत्रमा बिशेष साबधानी अपनाउनुहोला । नयाँ कार्यको थालनीका निम्ति जीवनसाथीको साथ आवश्यक रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) खुट्टा तान्ने ब्यक्तिहरुबाट बच्नुपर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परिश्रम खर्चनु पर्नेछ । आर्थिक अभाबको सामन गर्नुपर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । देश बिदेशको यात्राको सम्भाबना रहेकोछ । प्रतिष्प्रधाजन्य कार्यमा सावधानी अपनाउनु पर्नेछ । सरसामान हराउनसक्ने सम्भाबना रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानीका स्रोतहरु फेला पर्नाले मनमा उत्साह छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । आफुभन्दा सानाको स्वास्थ्यमा उत्पन्न समस्या जटिल बन्न सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सवारी साधनको प्रयोगमा बिशेष ध्यान दिनुहोला । सभा तथा सम्मेलनमा सहभागी हुनसक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । व्यापार तथा व्यवसायमा समय राम्रो रहेको छ । आम्दानी मध्यम रहला । भुमि तथा वाहन सुख प्राप्त रहनेछ । पारिवारिक झोर झमेलाले सताउन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आँट तथा साहसमा वृद्धि हुनाले तपाईका विरोधीहरु कमजोर रहनेछन । धार्मिक क्षेत्रमा सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजुभाईबीचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परिश्रमको राम्रो कदर हुने योग रहेको छ । मान्यजनहरुको मार्गदर्शनमा अधुराकार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यको थालनीका निम्ति समय मध्यम रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) खानपानको क्षेत्रमा बिशेष ध्यान दिनुहोला । आजको लगानी भोलिका निम्ति फाईदाजनक हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अपजस आउनसक्छ । नयाँ कार्यको थालनी झन्झटिलो हुन सक्नेछ । आफन्तजनहरु सँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मानसिक चञ्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारिवारिक झोरझमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ । नयाँ लगानीका निम्ति उत्तम समय रहेकोछ । सभा तथा सम्मेलनजन्य कार्यमा सहभागिताको योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अरुको बिश्वास गर्नाले धोका हुनसक्छ । खुट्टा तान्ने ब्यक्तिहरुबाट बच्नुपर्ने समय रहेको छ । सामान्य आर्थिक अभाव झेल्नुपर्ला । पारिवारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । गरिरहेको कार्यमा सामान्य ढिलाईको योग रहेको हुदा विशेष सावधानी अपनाउनु पर्नेछ ।



प्रतिक्रिया दिनुहोस्