Logo

बढी जोखिम भनेकै अहिले भारतका नाकाहरु- पदमबहादुर बढुवाल, मेयर, बडीमालिका नगरपालिका



काठमाडौं, ६ वैशाख । बडीमालिका नगरपालिकाका मेयर पदमबहादुर बढुवाल अहिले निकै चिन्तित छन् । बाजुरा जिल्लामा धेरै मानिस भारतलगायत विदेशमा काम गरेर फर्केकाले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको बताउँछन् । उनीसँग यसै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
बाजुराको बढिमालिका नगरपालिकाको हालखबर के छ ?
अहिलेसम्म बाजुरामा कोरोना भाइरस संक्रमित देखिएका छैनन्, त्यसैले सबै राम्रो छ ।
त्यसोभए अहिलेसम्म बाजुरामा कुनै समस्या छैन ?
बाजुरा जिल्लामा अहिलेसम्म समस्या देखिएको छैन । किन भने जति पनि क्वारेन्टाइन र आइसोलेसनमा मान्छेहरु राखियो । उहाँहरुमा परीक्षणा गर्दा नेगेटिभ देखिएको छ । त्यसले गर्दा अतिकति आसावादी छौं हामीहरु ।
बाजुराको कुरा गर्दा भारतबाट पछिल्लो समय धेरै मान्छे त्यहाँ आएका छन् भनिन्छ नि वास्तविकता के हो ?
बाजुरा जिल्लाको रेकर्ड हेर्दा पछिल्लो समय विभिन्न देशमा गरेर करिब करिब ११ साय मान्छेहरु भित्रिएका छन् । तिनीहरुमा अहिलेसम्म कुनै समस्या देखिएको छैन । अहिलेसम्म हामी सुरक्षित तैपनि ढुक्क हुने अवस्था छैन । अब बाहिरबाट आउनेलाई धनगढीमै आइसुलेसन राखेर पठाउने व्यवस्था गर्न पाए सुरक्षित हुन्छौं कि भन्ने हो । नत्र अहिले पनि कहाँ कति बेला के हुन्छ थाहै छैन । अहिलेसम्म बाजुरा जिल्लाका साधन, स्रोत र शक्तिहरु एक भएर लागेका छौं । बाहिरबाट आएका मान्छेहरुलाई बिना चेकजाच भित्र्याउने हो भने संक्रमण हुने सम्भावना छ । अहिलेसम्म जे–जस्तो रुपमा चिकित्सक, स्वास्थ्य सामाग्री जसरी जुन ढंग भित्रिएको छ । त्यो त्यहाँका जनताअनुसार उपयुक्त छैन ।
बाजुरा अहिलेसम्म पीपीईलगायत स्वास्थ्य सामाग्रीहरु पुगेको छैन ?
पीपीई पनि नआएको त होइन । तर, ५०, ६० पीसले के अर्थ हुन्छ । शक्तिशाली राष्ट्र अमेरिका र चाइनाको त त्यो हालत भयो भने नेपालको हालत के होला ? तपाईं काठमाडौंमा पत्रकारिता गर्नुहुन्छ । संघीय सरकार भएको ठाउँमा त त्यो हालत छ भने हाम्रो बाजुराजस्तो दुर्गम ठाउँमा के हालत होला आफै अनुमान गर्नुस् न ।
बढीमालिका नागरपालिकाका जनतालाई कुनै समस्या छैन ?
यहाँ उद्योग वाणिज्य महासंघमार्पmत खाद्यन्न ढुवानी भएको छ । खाद्यान्नको कुनै समस्या छैन । तर, अझै लकडाउन बढ्दै गयो भने खाद्यान्नमा पनि समस्या हुने अवस्था देखिन्छ । औषधि उपचारको कुरा गर्दा काठमाडौंबाट हेलिकप्टर आएर १०५ जनाको स्वाप लिएर गएको आजसम्म रिपोर्ट आएको छैन । यही कुरालाई आँकलन गरौं कि हामी कति पछाडि छौ भन्ने विषयमा ।
त्यहाँका मजदुर, किसानहरुले खान पाएका छन् कि छैनन् ? तपाईंहरु कुहिएको चामलहरु वितरण गर्नुभयो रे नि ?
म सबैलाई जानकार गराउन चाहन्छु अहिले नै हामी खाना नपाएर मर्दैनौं । त्यसको लागि हामी सबै पक्षबाट लागेका छौं । हामी पनि लागेका छौं । वडाअध्यक्षहरु पनि आ–आफ्नो वडामा लाग्नुभएको छ । विश्वमा महामारीको रुपमा पैmलिएको महाबाट बच्न लकडाउनबाट मात्रै सक्छौं । हाम्रो देशमा उपचार, औषधि नभएर मरिएला तर खानै नपाएर चाहीं मरिँदैन ।
भोकले मर्दैनन्, तर रोगले चाहीं नेपालीहरुलाई सताउनुभएन नि ?
म त्यही त भनिरहेको छु । भोकले नेपालीहरु कोही मर्दैनन् । तर रोगबाट जोगाउन गाह्रो छ । त्यसका खतराहरु सबैभन्दा पहिला त हाम्रो छिमेमकी मुलु्क भारतसँग सबै खुला नाकाहरु छन् । त्यसको लागि सुरक्षाकर्मी बढाएर सीमालाई टाइट गरेर लकडाउन गर्नुपर्छ । हाम्रो देशभित्र कोरोनाको समस्या देखिएको छैन । तर, बाहिरबाट आउनेबाट सरिरहेको छ अहिलेसम्म । अहिले छिमेकी मुलुक भारतबाट आएका नेपालीहरु सीमामा अलपत्र परिरहेका छन् । उनीहरुलाई कसरी नेपाल ल्याउने भन्ने समस्या देखिएको छ । तिनको लागि पहिला नेपालमा क्वारेन्टाइनको व्यवस्था गरेर अनि ल्याउनुपर्ने हो । हाम्रा धनगढीदेखि काँकडभिट्टासम्मका बोडर्रहरुलाई टाइट गरेर उताबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरियो भने नेपाल सुरक्षित रहन सक्छ । तराईबाट टाइट गरेर छिर्न दिइएन भने पहाडी जिल्लामा कुनै समस्या हुँदैन । हामीलाई बढी जोखिम भनेकै अहिले भारतका नाकाहरु भएका छन् ।
तपाईंले बाजुरामा कुनै समस्या छैन भनिरहँदा गुणस्तरहीन खाद्यन्न बिक्रीवितरण भइरहेको छ रे नि ?
यसलाई मध्यनजर गरेर बढीमालिका नगरपालिकाले एउटा राहत प्याकेज ल्याएको छ । अन्ति मात्रै डल्ला परेको, कुहिएको चामल फेला परेको थियो । त्यसपछि हामीले त्यो विश्वखाद्य संघको संयोजकत्वमा एउटा समिति बनाएका छौं । त्यो समितिले बजारमा पाइनेभन्दा गुस्तरीय खाद्य सामाग्री वितरण गर्ने भनेर हामीहरु लागिरहेका छौं ।
त्यहाँ कुहिएको चामल वितरण भइरहेको छ नि ?
त्यहाँ भएकामध्ये ६ बोरा चामल कुहिएको भनेर मिडियामा आयो । त्यसलाई हामीले फिर्ता गर्यौं । खाद्य सामाग्री प्रयोग गर्दा पनि कुनै कुहिएको बिग्रिएको पाइएमा फिर्ता गर्ने भन्ने सर्तमा गरिएको हो । कुहिएको र गुणस्तहीन सामाग्री वितरण गर्ने गरी राहत कार्यक्रम ल्याइएको होइन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot