Logo

उदयपुरमा कोरोना संक्रमित १२ जना भारतीय हो कि नेपाली यकिन भएको छैन- हिक्मत कार्की, प्रदेश नं. १ सरकारका प्रवक्ता



काठमाडौं, ६ वैशाख । प्रदेश नं १ का मन्त्री हिक्मत कार्कीले कोरोना भाइरसको संक्रमणपछि उदयपुरको त्रियुगास्थित मस्जिद रहेको क्षेत्र सिल गरिएको बताएका छन् । उनले संक्रमण फैलने खतरालाई दृष्टिगत गरी सबै सुरक्षित उपाय अबलम्बन गरिएको जानकारी दिएका छन् । उनीसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
प्रदेश नं. १ मा हिजो १२ जनामा कोरोना संक्रमण कसरी देखियो ?
अस्तिको दिन कोशी अञ्चल अस्पतालमा पीसीआर ल्याब टेष्ट गरिएको थियो । त्यसमा उपदपुर नगरपालिका भुल्के भन्ने ठाउँस्थित मस्जिदमा रहेका व्यक्तिमध्ये १२ जनामा कोरोना भाइरस रहेको पुष्टि भएको छ । उहाँहरुलाई हिजो रातिनै विराटनगर ल्याएर उपचार थालेका छौं । यसअघि हाम्रो प्रदेशमा एउटा पनि कोरोना संक्रमित पुष्टि भएको थिएन । यो केसबाट हाम्रो प्रदेशमा पनि संक्रमण देखिएको छ । जसरी मस्जिदमा बसेकाहरुबाट कोरोना पुष्टि भयो त्यसले यहाँ जोखिम बढेको छ । हामीले जोखिम बढ्नेबारे पूर्वअनुमान गरेका थियौं । यो केसबाट कोरोना भाइरसको जोखिम निकै बढ्ने आँकल नगरेका छौं ।
जसरी ती १२ जनामा संक्रमित भएको पुष्टि भएको छ, उनीहरुले अरुलाई पनि सारेहोलान् नि त्यतातिर ध्यान दिनुभएको छ त ?
त्यसबारेमा सतर्कता अपनाउन प्रशस्तै उपायहरु अपनाएका छौं । प्रदेश नं. १ मा कोरोना रोकथाम तथा उपचारको लागि प्रदेश र स्थानीय सरकारका सबै निकायलाई तयारी अवस्थामा राखेका छौं । हाम्रो प्रदेशमा कोरोना अस्पतालहरु पनि बनाएका छौं । हिजो देखिएको ती १२ जनालाई पनि कोरोना अस्पतालमै राखेर उनीहरुको उपचार थालेका छौं । जसरी उदयपुरको भुल्केस्थित मस्जिदमा भारतबाट आएका मुस्लिमहरु र नेपालका मुस्लिमहरु बस्ने गर्नुहुन्छ । दिल्लीमा कोरोनाको संक्रमण देखिइसकेपछि उहाँहरुसँग बसेर हामीले आग्रह पनि गरेका थियौं । उहाँहरुले पनि होसियारीपूर्वक काम गर्दै हुनुहुन्थ्यो । उहाहरु बस्ने ठाउँका लापरवाहीका कारण पहिला पनि हामीले संक्रमण हुने अनुमान गरेका थियौं, त्यो हिजोबाट पुष्टि भएको छ । उहाँहरु सँगसँगै भुल्के आसपासका बस्तीमा रहेका ६, ७ सय मानिसहरुलाई ट्यापिङ गरेका छौं । उनीहरुलाई सील गरेर बाहिर आउन जान बन्द गरेका छौं । पहिलादेखि निगरानी थिए, हिजोदेखि निगरानीको काम सुरु भएको छ । यस्ता ठाउँहरुमा असामाजिक गतिविधिहरु पनि हुने भएकाले पहिलादेखि उच्च निगरानीमा राखेका थियौं । अब उनीहरुमा प्रमाणित भइसकेपछि अरुलाई पनि चेकजाँच गर्ने अन्य सर्नबाट बचाउन स्थानीय प्रशासनलगायत सबै सचेत छौं ।
देशभरिमा ३० जना हुँदा तपार्इंंहरुकोमा १२ देखियो यसको उपचारको लागि चिकित्सकलाई सुरक्षा कवजको समस्या छ कि छैन ?
हामीले यस्तो केस आउनु अगाडि नै हामीहरुले पीपीईलगायतका चिकित्सकलाई आवश्यक सामाग्रीहरु तयार गरेका थियौं । एक-डेढ सय केस आउँदासम्म हामीलाई पुग्ने स्वास्थ्य सामाग्रीहरु हामीलाई उपलब्ध छन् । केही सामाग्रीहरु मगाईसकेका छौं । कोरोना नियन्त्रणको लागि एकै दिन हज्जारौंको संख्यामा चेकजाच गर्ने गरी –यापिड टेष्टको लागि चिकित्सकको टोली खटाइसकेका छौं ।
त्यसोभए प्रदेश नं. १ मा हज्जारौंको संख्या –यापिड टेष्ट हुन्छ ?
यो टेष्ट हामीले झापा, मोरङ, सुनसरी, उदयपुरलगायतका घना बस्ती भएका र लकडाउनलाई राम्रोसँग पालना गर्ने ठाउँमा –यापिड टेष्टको दायरा बढाएका छौं ।
त्यहाँ अहिलेसम्म भारतीय नागरिकहरुलाई मात्रै देखिएको त्यसलाई कसरी लिनुभएको छ ?
पुष्टि नभईकन भारतीय हुन् कि नेपाली भनेर म बोल्न सक्दिनँ । मु्स्लिम दाजुभाइहरु भारततर्पm पनि हुनुहुन्छ नेपालतर्पm पनि हुनुहुन्छ । कतिपयले भारतीय नागरिक भनेर हल्ला गर्नुभएको छ । मैले सीडीओलाई सोध्दा उहाँले कतिपय भारतीय भनेर मात्र भन्नुभएको छ । अहिलेसम्म पुष्टि भएको छैन भन्नुभएको छ । र हामीले ती संक्रमितको स्थायी ठेगाना, नाम र वतनको बारेमा स्पष्ट पर्नुहोस् भनेका छौं । उहाँले भरेसम्म हामी स्पष्ट पार्नुहुने छ । उहाँहरु भारतीय हो कि नेपाली एकिन भएको छैन । नेपालमा देखिएको केस भएकाले उहाँहरुको उपचार गराउन चाहन्छौं त्यसको लागि प्रदेश सरकारले जिम्मा लिन्छ । हाम्रो देशभित्र देखिएका समस्याको चाहे भारतीय हुन् चाहे अन्य देशका हुन् तिनको उपचार गर्ने जिम्मा हाम्रो हो । त्यो हामी पुरा गरेरै छाड्छौं ।
त्यो मस्जिदमा कति जना बस्नुभएको थियो ?
त्यो मस्जिदभित्र १६ जना व्यक्तिहरु बस्नुहुन्थ्यो । उहाँहरु सबैको चेकजाच गर्दा १२ जनामा संक्रमण देखियो । ४ जनामा देखिएन उनीहरुलाई हामीले क्वारेन्टाइनमा राखिसकेका छौं । त्यहाँ मदरासा पढाइ पनि हुने हुनाले बाहिरबाट पनि पढ्ने जाने मस्जिद बाहेक बाहिर पनि मुस्लिमहरुको बसोबास भएको हुनाले त्यो ठाउँलाई झन्डै ६ जना बसोबास गर्ने घरपरिवारलाई हामी सील गरेका छौं । जहाँबाट बाहिर सम्पर्क पनि हुन नदिने र बाहिरबाट पनि त्यहाँ जान नपाउने गरी सील गरिएको छ । हामीले उदयपुरका सीडीयोसँग पनि कुरा गरिसकेका छौं । उहाँले एक हजारको किट पठाइदिनुभयो भने त्यतिबराबरको टेष्ट गर्छौं भन्नुभएको छ । त्यसको प्रवन्ध गराउन बिहानदेखि लागिपरेका छौं ।
त्यसोभए प्रदेश नं. १ मा किटको अभाव छैन ?
अहिलेसम्म अभाव छैन, हामीलाई किटको अभाव हुनेबित्तिकै काठमाडौंबाट किट मगाएर कम्तिमा पनि प्रदेश नम्बर १ मा १० हजार व्यक्ति गरीक्षण गर्ने तरखर गरेका छौं ।
आजै १० हजारको परीक्षण गर्नुहुन्छ ?
आजै १० हजारको परीक्षण हुँदैन । हाम्रो प्रदेशभरिमा १० हजारसम्म व्यक्तिको परीक्षण गर्ने तयारी थियौं । संका गरिएका क्षत्र र बढी विदेशबाट मान्छेहरु आउने गर्ने ठाउँमा –यापिड टेष्टलाई तीब्रता दिन्छौं ।
त्यहाँका ठाउँ त भारतसँग सीमा जोडिएको छ, त्यतातिर तपाईहरु कसरी कडाईं गर्दैहुनुहुन्छ ?
हाम्रा पाँचथर, इमाला, झापा, मोरङ र सुनसरीलगायतका जिल्लाहरु प्रत्यक्ष रुपमा मित्रराष्ट्र भारतसँग सीमा जोडिएका छन् । त्यसमा झापा, मोरङ, सुनसरी र उदयपुर पनि सप्तरीसँग जोडिएकाले यी पाँच जिल्लामा भारतमा काम गर्ने मान्छेहरु हिजो पनि धेरै आइएका छन् । र, अझै पनि आउने, जाने क्रम बढ्न सक्छ भनेर सुरक्षा संयन्त्रलाई थप कडाईं गरेका छौं । हिजो जति सीमा सुरक्षाका लागि प्रहरीहरु थिए, त्यसलाई अत्याधिक बढाएर अहिले ४ हजारभन्दा बढी सुरक्षाकर्मीलाई सीमा सुरक्षाको लागि खटाएका छौं । अहिले करिबकरिब ३ सयभन्दा बढी अस्थायी चेकपोष्ट राखेर चेकजाँच सुरु गरेका छौं । त्यसरी हामीले सीमालाई व्यवस्थित बनाइसकेका छौं ।
सीमासुरक्षालाई व्यवस्थित त गर्नुभयो, तर अलपत्र परेका जनतालाई घरसम्म पुग्ने व्यवस्था किन गरेन ?
घर पुर्याउनेभन्दा पनि चैत ११ गतेबाट सरकारले लकडाउन गरेपछि सबै मानिसहरुलाई जहाँ हुनुहुन्छ आ–आफ्नो ठाउँमा बस्न भनेका छौं । नेपाल सरकार र भारत सरकारबीच उच्चस्तरीय सहमति भएपछि नेपालमा भएका नेपालमै बस्ने र भारतमा भएका भारतमै बस्ने भनेर प्रतिवद्धता जनाएका छौं । त्यसका बाबजुद पनि बाटोमा आएर समस्यामा परेकालाई घरसम्म पुर्याउन पहल गरेका छौं । अहिले यो समस्या धेरै कम भइसकेको छ । तर खुल्ला सीमाना भएकाले जति टाइट गरेपनि हाम्रो प्रदेश भएर अरु प्रदेशका दाजुभाइहरु आउने, जाने भएको छ । तर, देशभित्रैका पनि राजधानीलगायतबाट आउनेहरुलाई जहाँ आइपुगेका छन् उनीहरुलाई त्यहाँस्थित क्वारेन्टाइनमा राखेर चेकजाँच गरेर मात्रै सम्बन्धित ठाउँमा पठाउन त्यहाँस्थित जिल्ला प्रशासनालई भनेका छौं । तर कतिपय कोठामा बस्ने, ज्याला मजदुरी गरेर खानेको सामान सकिएको र त्यहाँका स्थानीय सरकारले बाहिरका मान्छेलाई राहत नदिने भएपछि अत्तालिएर पैदलै हिँडेर पनि घर लाग्ने क्रम बढेको थियो । त्यसलाई प्रधानमन्त्रीले पनि भनिसक्नुभएको छ । अब उहाँहरुलाई पनि त्यहाँस्थित स्थानीय तहले राहतको व्यवस्था मिलाउने भनेपछि समस्या हल भइसकेको छ । हामी नेपालीहरुको हेलचेक्र्याईं गर्ने बानीले गर्दा आज यो समस्या झेल्नुपरेको छ ।
जनताले आफ्नो घर जान पाउनुपर्छ भन्ने सर्बोच्चले आदेश छ नि ?
अलपत्र परेका सबैलाई घर पु¥याउने स्थिति नबन्न सक्छ । त्यस्तालाई व्यवस्थित गर्नुपर्छ । कोही दार्चुलाको मान्छे ताप्लेजुङमा छ उसलाई त्यही सुरक्षित राख्ने हो । झापाको मान्छे दार्चुलामा छ उसलाई पनि त्यही सु्रक्षित राख्नुपर्छ । त्यो सरकारको दायित्व हो । नेपालीहरु जहाँ जुन ठाउँमा छन् उनीहरुलाई त्यही सुरक्षित गर्नुपर्ने हाम्रो दायित्व हो । यो बेलामा त विदेशी नागरिक भएपनि उसलाई सुरक्षित गर्नुपर्छ त्यसको लागि सरकार कही चुक्दैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot