Logo

कोरोना भाइरस चीनले बनाएको अमेरिकाको आशंका, अनुसन्धान भइरहेको ट्रम्पको खुलासा



एजेन्सी, ६ वैशाख । अहिले कोरोना भाइरस कृत्तिम हो कि प्राकृतिक ? यो प्रश्न तेर्सिएको छ । फक्स न्युजले वुआनको एउटा प्रयोगशालाबाट कोरोना भाइरस बनेको भन्दै यसै हप्ता एउटा रिपोर्ट नै बनायो । उसले चीनमाथि कोरोना भाइरस कृत्तिम रुपमा बनाएको आरोपसहितको रिपोर्टमा उल्लेख गरेको छ ।

अमेरिकी टीभी च्यानल फक्स न्युजको समाचारप्रति चीनले आपत्ती जनाइसकेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले यसलाई आधारहिन भनिसकेका छन् । गत बिहिबार फक्स न्युजले चीनले भाइरस बनाएको भन्दै रिपोर्ट बनाएपछि सनसनी मच्चिएको थियो ।

अमेरिकी विदेशमन्त्री माइकल पम्पिओले चिनियाँ अधिकारीहरुले वुआनको प्रयोगशालामा विदेशी विज्ञहरुलाई पहुँच दिनुपर्ने बताए । कोरोनाको कृत्तिम उत्पत्ति भएको भनिएको प्रयोगशालामा विज्ञहरुलाई अनुसन्धानको अनुमति दिनुपर्ने उनको भनाई थियो ।

अमेरिका अहिले कोरोना भाइरसको कृत्तिम या प्राकृतिक उत्पत्तिबारे अलमलमा देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार भेटमा कोरोना महामारीको उत्तपत्तिबारे अनुसन्धान भइरहेको उत्तर दियो । चीनको प्रयोगशालामा कोरोना उत्पत्तिको विषयबारे सोध्दा उनले भने, यहाँ धेरै अचम्मका घटनाहरु भइरहेका छन् तर वास्तविकता पत्ता लगाउन यसबारे धेरै अनुसन्धानहरु भइरहेका छन् ।
उनले कोरोना भाइरस चीनबाट नै उत्पत्ति भएको ठोकुवा गरे । उनले भने, ‘यो जे जसरी जुन तरिकाबाट आएको हो तर चीनबाट नै आएको हो ।’ ट्रम्पले कोरोनाको कृत्तिम विकास अझै अनुसन्धानमा रहेको बताउनुले कोरोनाको विषयमा अमेरिका अझै आशंका गरिरहेको बुझ्न सकिन्छ ।

यसअघि रुसले पनि कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान भइरहेको जनाएको थियो । यसमा कसै न कसैको भूमिकालाई पूरै बेवास्ता नगरिएको देखिन्छ ।

तर, अमेरिकाका प्रमुख इपिडिमियोलोजीष्ट एन्थोनी फौसीले कोरोना भाइरसको कृत्तिम उत्पत्तिको खण्डन गरे । उनले यसलाई जनावरबाट मानिसमा सरेको बताए ।-Photo Source: Xinhua



प्रतिक्रिया दिनुहोस्

Screenshot