Logo

गृहजिल्ला जान हिँडेका सबैलाई घरघरमा पुर्याउने रणनीति बनाउँदैछौँ : ईश्वर पोखरेल



वैशाख ६, काठमाण्डौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अलपत्रमा परेका र गन्तव्यमा पुग्न नसकेकालाई घर पुर्याउने वा क्वारेन्टाइनमा राख्ने विषयमा छलफल भइरहेको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै पोखरेलले गृहजिल्ला जान हिँडेका सबैलाई घरघरमा पुर्याउने रणनीति तयार हुने बताएका हुन् । उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका पोखरेलले आवश्यकताअनुसार सबैलाई राहत तथा खाद्यान्नको व्यवस्था गरिने बताए । तर लकडाउन पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्ने उनको चेतावनी छ ।

कोरोना नियन्त्रणका लागि राजनीतिक संयन्त्रको आवश्यकता नरहेको मन्त्री पोखरेलले स्पष्ट पारेका छन् । त्यसैगरी स्वास्थ्य सामग्री खरिदमा सरकारले कुनै पनि घोटाला नगरेको भन्दै उनले स्वास्थ्य सेवा विभागको कार्यक्षेत्र रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्