Logo

लकडाउन डायरी : भृकुटीमण्डपदेखि गोदावारीको इँट भट्टासम्म पुग्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, ६ बैशाख । आज लकडाउनको २६औं दिन हो । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले यही बैशाख १५ गतेसम्म लकडाउन कायम गरेको छ । नेपालमा अहिलेसम्म ३० जना यो भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये दुई जना उपचारपछि निको भएर घर फर्किईसकेका छन् । आजमात्रै दोस्रो संक्रमित युवती निको भएर घर फर्किएकी छिन् । यसअघि पहिलो संक्रमित पनि घर फकिईसकेका छन् । बाग्लुङकी ६५ वर्षीया वृद्धापनि निको भैसकेकी छिन् । उनी पनि चाँडै डिस्चार्ज हुने तयारीमा छिन् ।

काठमाडौंमा लकडाउन पालना गराउन उच्च सतर्कता अपनाईएको छ । सडकमा सुरक्षा अवस्था र चेकजाँच कडाई गरिएको छ । अत्यावश्यक बाहेकका सवारीपनि चल्न दिईएको छैन् । लकडाउनको आज २६औं दिन हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले काठमाडौंको भृकुटीमण्डपदेखि ललितपुुरको गोदावरी नगरपालीका १३ झरुवारासी तासिंह चौकस्थित बज्र इँट भट्टासम्मको अवस्था नियाँलेका छन् । हेरौं तस्विर :



प्रतिक्रिया दिनुहोस्