काठमाडौं, ६ वैशाख । कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै संख्या ३१ पुगेको छ । नयाँ थपिएका व्यक्ति शुक्रबार उदयपुरबाट विराटनगर ल्याइएका मध्येका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५ वर्षीय वृद्ध पुरुषमा संक्रमण भेटिएको पुष्टि गरेको छ । उनी त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका हुन् ।
संक्रमित १२ जनासँगै उनलाई आशंकितका रुपमा लगिएको थियो । उनको पुनः टेष्टबाट पोजेटिभ देखिएको थियो ।