Logo

यी हुन् नेपालका ३१ कोरोना संक्रमित (सूचीसहित)



काठमाडौं, ६ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३१ पुगेको छ । विश्व महामारी बनेको कोरोना भाइरसका आज थप एकजना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले आज उदयपुरमा भेटिएकामध्ये ६५ वर्षीय पुरुषको टेष्ट पोजेटिभ आएको जनाएको छ । यसअघि हिजो १४ जना संक्रमित भेटिएका थिए ।

नेपालमा कोरोना संक्रमितमध्ये २ जना नीको भइसकेका छन् । २८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये १३ जना कोशी अस्पताल, ५ जना सेती अस्पताल, ४ जना नारायणी अस्पताल, २ जना चितवन, १ जना टेकु, २ जना पाटन, १ जना बाग्लुङ अस्पतालमा उपचाररत छन् ।

संक्रमितहरुको विवरण
१. चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो ।
२. फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज
३. युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
४. युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
५. बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
६. फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज
७. भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
८. भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
९. कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको
१०. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
११. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१३. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको
१४. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपाकिलामा १ वैशाखमा पत्ता लागेको
१५. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य
१६. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य
१७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२९. २७ वर्षका युवक चितवनस्थित राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए, ५ वैशाखमा पत्ता लागेको
३०. ६३ वर्षीया महिला चितवनस्थित राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै फर्किएकी थिइन्, ५ वैशाखमा पत्ता लागेको
३१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६५ वर्षीय वृद्ध, ६ वैशाखमा पत्ता लागेको, कोशी अस्पतालमा उपचाररत



प्रतिक्रिया दिनुहोस्