Logo

संक्रमितको संख्या २३ लाख नाघ्यो, कुन देशमा कतिको मृत्यु ?



वैशाख ७, काठमाण्डौ । कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या आइतबार राति २ बजेसम्म १ लाख ५९ हजार ३३ जना पुगेको छ। कोरोनाले २३ लाख १४ हजार जना संक्रमित भएका छन् । त्यस्तै ५ लाख ९१ हजार जना निको भएका छन्।
उपचाररत १५ लाख ६३ हजार ५ सयमध्य  ५५ हजारको अवस्था गम्भीर छ ।

कोरोना भाइरसले शनिबार अमेरिकामा १ हजार ९० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ३८ हजार २ सय ४४ पुगेको छ भने संक्रमितको संख्या ७ लाख २८ हजार पुगेको छ । त्यहाँ १८ हजार ५ सय नयाँ संक्रमित थपिएका हुन् ।

फ्रान्समा शनिबार ६ सय ४२ जनाले ज्यान गुमाउँदा कुल मृतकको संख्या १९ हजार ३ सय २३ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ५२ हजार छ ।

बेलायतमा शनिबार एकै दिन ८ सय ८८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म १५ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् । १ लााख १४ हजार संक्रमित मध्ये ५ हजार ५ सय जना नयाँ संक्रमित थपिएका छन् ।

इटलीमा एकै दिन ४ सय ८२ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा २३ हजार २ सय २७ जनाले ज्यान गुमाएका छन् । त्यहाँँ १ लाख ७६ हजार संक्रमित छन् ।

त्यस्तै स्पेनमा हालसम्म २० हजार ४३ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ९२ हजार संक्रमित छन्।

चिनमा पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएन । तर २७ जना संक्रमित थपिएका छन् । चिनमा ४ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म इरानमा ५ हजार ३१, बेल्जियममा ५ हजार ४ सय ५३, जर्मनीमा ४ हजार ४ सय २६, नेदरल्याण्डमा ३ हजार ६ सय १, ब्राजिलमा २ हजार ३ सय २७ र स्विजरल्याण्डमा १ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । त्यसैगरि टर्कीमा १ हजार ८ सय ९०, स्विडेनमा १ हजार ५ सय ११ र क्यानडामा १ हजार ४ सय ६६ जनाको मृृृृत्युु भएको छ ।

त्यसैगरि भारतमा ४ सय ८८ जनाको मृत्यु भएको छ भने १४ हजार ७ सय ९२ जना संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस्