Logo

आजको मौसमः हुरीबताससहित असिनापानी



काठमाडौं, बैशाख ७। आइतबार देशका विभिन्न क्षेत्रमा मेघगर्जन र हुरीबताससहित असिनापानी पर्न सक्ने सम्भावना रहेको छ।

आज देशभरिकै मौसम सामान्यतया बदली भइ मध्य र पूर्वका केही तथा पश्चिमका थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित असिनापानी पर्न सक्ने मौसमविद्को भनाई छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभरको मौसममा आंशिक बदलीसंगै पूर्वी तथा पश्चिमी पहाडी क्षेत्र र तराईका केही ठाउँमा हावाहुरी, चट्याङसहित असिना पानी पर्ने सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्