रीता खनाल: आज सन्सार कोरोना कहर को आतंक ले मृत्यु सङ भयभित छ! covid -19 कोरोना भाइरस ले मानबिय क्षति र आर्थिक तहसनहस कति गर्ने हो त्यो तो भोलि को कुरा हो तर एउटा कुरा निश्चिति छ यो कहरको प्रभाव ले विश्व को आर्थिक , सामाजिक, राजनितिक ,सन्सकार र सन्सकृती, रहसहन, खानपिन र सोच मा अबस्य परिवर्तन ल्याउनेछ!भनिन्छ बिनाश पछि बिकास हुन्छ!
यो त सकरात्मक सोच र बिख बाट अमृत निकाल्ने सन्कल्प बोक्ने हरुका लागि अबस्य हो! कुनै पनि देश को भबिस्य र नागरिक को सुख त्यो देश मा शासन गर्ने सरकार र त्यस्को प्रमुख को जनता र रास्ट्रप्रतिको सन्कल्प र त्यस्को इमानदारी पुर्बक कार्यान्वयन मा निर्भर गर्दछ! यति बेला हामी नेपाली दुई तिहाइ जति नागरिक देश भित्र छौ भने झन्डै एकचौथाइ भन्दा बढी नागरिक आज संसार भरी फैलिएका छौ! देश भित्र रोजगारि को उत्तम ब्यबस्था नहुदा र बिस्तारै अफ्नै थातथलो मा खेतवारि मा ढुङ्गामाटोसङ लतारिनु भन्दा बिदेश गएर आफू र आफ्नो परिवार को गुजारा चलाउने लहर नै चल्यो! बिस्तारै बिदेशी भुमी मा नेपाल का बलिया पाखुराहरु र मजबुत , सृजनशिल मस्तिष्क हरु पलायन हुँदै गए! देश लाई बेरोजगार युबा को ठुलो बोझ पन्छिएको थियो उता तिन्कै रेमिटेन्स ले देशको अर्थतन्त्र लाई ठुलो सहयोग पुगिरहेको थियो!
समस्या खासै नआएसम्म सबैलाई सजिलै भएको थियो! हुनत जस्का घरबाट आफ्ना परिवार का सदस्य प्रदेश भासिएका थिए त्यो घर्को चुल्हो राम्रो सङ चलेको थियो होला तर घरको जिम्मेवार सदस्य घरमा नहुनु को कयौं पीडा भोगेकै थिए! बृद्द बाबू आमा ले आफ्नो बुढापा को सहारा गुमाएका थिए , घरघरका कहानी भित्र अरु थुप्रै असहजता ले धेरै आमाबुबा भित्र भित्र दिनहुको खिन्नताबोध ले डिप्रेसन्को सिकार भएका छन तिन्का सुगर प्रेसर दम अझै बढेको छ! भर्खर बिहे गरेका सङै बाच्ने सङै मर्ने कशम खाएका दम्पती बिछोडिएर बस्नुपर्दा कति कठिनाइ सहेका छन, कत्तिको त घर फर्किदा पति / पत्नी छैन , कमाएको सम्पत्ति पनि छैन अब फेरि कमाउन जाने दिन उमेर पनि छैन उल्टो बर्बादी पनि भएको छ, बालबालिका हरुले आमाबुबा को बात्सल्यता गुमएका छन, संयुक्त परिवार बाट एकल परिवार मा समाज रुपान्तरण हुँदै जादा सन्सकार , सन्सकृती र परम्परा अतिक्रमण हुँदै गयो जस्ले हाम्रो समाज् को घरायसी मायाप्रेम र एकता लाई खल्बलाएको छ! यी सर्बत्र को नकारात्मक प्रभाव केलाउने चासो र फुर्सद हामी कसैलाइ कहिल्यै भएन यस्ले बर्तमान र भबिस्य मा के के दुर्गामी परिणाम निम्त्याउनेछ !
अझै यो बिदेश जाने चक्कर मा कति सोझा निमुखा ठगिए , कत्तिको घर गोठ र गैरिखेत उडे , कति बौलाए ज्यान फाले , बर्सौ हजारौं को सन्ख्या मा बिदेश बाट डब्बा मा लास हरु आए तिन्को दुख र चीत्कार ले पनि कतै छोएन बस तत्काल रास्ट्रलाई बेरोजगारी समस्य बाट उन्मुक्ति र रेमिटेन्स को आम्दानी भएको थियो नागरिक को घर अरु छिमेकी को भन्दा सान्दार सङ चलेकै थियो! तर आज मानव सभ्यता ले कलपना नै नगरेको बिकराल रोग ले दुनियाँ लाइ त्राही माम बनाइ दिएको छ यत्ती बेला शक्तिरास्ट्र त तिल्मिलएका छन भने हाम्रो जस्तो आफ्नो जनशक्ति बिदेश मा बेचेर तिनै देशहरुसङ झोला थापेर देश चलाउने हरुको त बिचल्ली हुनेनै भयो! आज देश भित्र मैना दिनलाइ नागरिक पाल्ने हिम्मन गर्न सक्ने सरकार छ!, भोक भोकै मर्ने डरले आफ्नै गाउँठाउँ पुगेर खोले सिस्नु खाएर पापी पेट पाल्छु भनेर सयौं कोष भोकै प्यासै हजारौं को लर्को राजमार्ग मा लर्किदा कहिकतै नदुख्ने सर्बहारा को नाम मा जनता झुक्याएको निर्दयी बिबेकहिन सरकार भ्रष्टाचार मा तल्लिन छ, राष्ट्र को ढुकुटी यिनै सर्बहारा हरु ले तिरेको करमा युगिन कालिन शामान्ती राजा महाराजा हरुको जस्तो शानसौगत र बिलासिता मा चलिरहेको छ, !
बिकराल समस्या सर्बत्र छ! देश भित्र र बाहिर!बिदेशी राष्ट्रियताबाट महसुस भएको घोर अपमान र आफ्नै परिवार को सामिप्यता ले आज तमाम नेपाली हरु लाई कत्ती बाध्यता त कति स्वाभिमानिता ले अब आफ्नै मुकुक मा आमन्त्रण गरि रहेको छ! देश भित्र औपचारिक र अनौपचारिक क्षत्रमा काम गर्ने श्रमजिबी , र तिन्ले काम गर्ने उध्योग ब्यबसाय सबै मा असर पर्ने नै छ! पर्यटन , बैकिङ्ग , यातायात होटेल स्वास्थ्य शिक्षा कुनै क्षेत्र अछुतो रहनेछैन! बिदेशी सहयोग को ठुलो थैलो पनि खोसिने छ ! अबका दिन सबैका लागि अझै पेचिलो बन्दै जानेछ! सत्ताआरोहण यात्रा दुइतिहाइ को दम्भमा कसैलाइ नपुछी अस्पताल को बेड बाट हुन्कारेको भरमा कदापी चल्ने छैन प्रधानमन्त्री ज्यु!
यो राष्ट्र मेरो हो, म जस्ता करोडौं नागरिक को भोट् र हामिले तिरेको राजस्व को नोट माथी तिम्रो निरंकुश शासन सैय छैन भन्न्ने जनता दिनानुदिन बढदै जानेछन! अहिले नै सत्तासीन भएको करिब २ बर्सको शृङ्खला बद्द भ्रस्टाचार को घटना हरु , सबै घटना को बचाउ को रक्षा कवच स्वयम् प्रधानमन्त्री बाट भैरहनु र भर्खर को कोरोना कहरमा नागरिक लाई पारेको बिच्ल्ली ले पनि भोट फिर्ता माग्न थालेको जन आवाज सायद प्रधानमन्त्री र सरकार को वरिपरि को घेरा ले सुनेकै होला! बिपत्ति ले केही समय त कष्ट को घेरामा निसास्सिनु अबस्य पर्नेछ तर हरेक बिनाश र बिपत्ती पछि बिकाश को फडको मारेको विश्व ईतिहास हाम्रो सामु ज्वलन्त उदाहरण छ! केबल अराजक गतिबिधी, ओठे जवाफ, आफू भन्दा बाहेक अरुलाइ स्विकार्दै नस्विकार्ने तानाशाही स्वभाव भएको प्रधानमन्त्री र यिन्को गैरजिम्मेवार सरकार बाट अब नागरिकको भरोसा टुटि सकेको छ! यिन्का सुन्दै नसुन्ने कान र दुख्दै नदुख्ने हृदय लाई कत्ती कोटाइ रहने? नेपाली कांग्रेस हिजो रैती र प्रजा लाई जनता र नागरिक बनाएको पार्टी हो!
दुइतिहाइ को सरकार , बहुमत अल्पमत संयुक्त सरकार प्रतिपक्षी सबै अनुभव छ नेका लाई! हिजो सरकार र पार्टी चलाउदा गरेको सबै गल्ती कमजोरी लाई आत्मासात गरि फेरि पनि जनता को अशा र भरोसा को पार्टी बन्ने अवसर पनि हो भने अर्कातिर हिजो सम्म जनता ले पूर्ण रुपमा पत्याएको र आज पनि प्रतिपक्षी को जनादेश पाएको पार्टी हो! जनता र रास्ट्र सर्बाधिक अप्ठ्यारो मा परेको बेला प्रमुख प्रतिपक्षी को हैसैयतले जिम्मेवारी बहन गर्ने बेला हो यो नेकाका लागि!राष्ट्रियता ले ओत्प्रोत भएको प्राबिधिक शिक्षा सहितको ठूलो आप्रबाशी जनशक्ति मुलुक मा भित्रदै छ! नयाँ नेपाल , सुखी नेपाली र सम्बृद्द नेपाल को नाम मा झुक्किएको लाखौं लाख नागरिहरु इमान्दार र लोकतान्त्रिक नेतृत्व को खोजी मा पुन परिवर्तित हुनेछन!
प्रहरी प्रशासन कोहि पनि बोल्ने लोकतन्त्र र गणतन्त्र व्यवहार निरन्कुश जङबहादुरे उर्दि मन पराउने कदापी छैनन! आज देश को बिद्दत र बिज्ञ बर्ग एउटा गतिलो र भरपर्दो राजनितीक शक्तिको खोजिमा छ! हिजो सरकार सन्चालन का क्रम मा कांग्रेस बाट भएको केही त्रुटि हरु र त्यो भन्दा पनि ठुलो तत्कालीन प्रतिपक्षी हरुको असहयोग र बद्नामी प्रोपोगन्डा बाट निरासिएका नागरिक हरुको फेरि पनि बिस्वासिलो पार्टी बन्न सक्छ नेका किनकी यो पार्टी मा आज पनि बुढो अनुभवी निस्कलन्कित पुस्ता जिउदै छ, रैती र प्रजा लाई सार्बभौमसत्ता सम्पन्न नागरिक बनाएको विरासत कृयाशिल छ, सिङो युबा जगत ले पत्याएको आशा र भरोशा गरेको दर्जनौ उदयिमान युवा नेतृत्व मरिहत्ते गरेर समर्पित छन अहिले पनि !त्यसैले आज र भोलि का सबै सम्भाबित घटना क्रम लाई साक्षात्कार गर कांग्रेसने, तत्काल को यो महाबिपत्ती राष्ट्र र नागरिक माथी को यो ब्याधी महाकाल कोरोना भाइरस covid -19 ले निम्त्याएको हरेक समस्या र बिपत्तिमा अग्र मोर्चा र जिम्मेवारी बहन गर !-खनाल नेपाली काँग्रेसकी नेता तथा जीपी कोइराला फाउन्डेशन बागमती प्रदेश इञ्चार्ज हुन्