Logo

चितवन कोरोना जोखिममा रहेकाले पूर्ण तयारीका साथ बसेका थियौं-नारायणप्रसाद भट्टराई, प्रजिअ चितवन



काठमाडौं, ७ वैशाख । चितवनमा पनि कोरोना भाइरसका संक्रमित भेटिएपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई निकै व्यस्त छन् । उनले कोरोना जोखिमका लागि विशेष सुरक्षा नीतिसहि सक्रिया बढाएका छन् । प्रजिअ भट्टराईसँग यसै सेरोफेरोमा ऋषि धमलाले एनआरएन रेडियोको नेपाली बसहका लागि गरेको कुराकानीः
चितवनमा कतिजनालाई कोरोना संक्रमण भयो अहिलेसम्म ?
अहिलेसम्म कोरोना पोजेटिभ दुईजनामा देखिएको छ ।
ती दुईजनामा कसरी संक्रमण भयो ?
उहाँहरु चैतको पहिला हप्ता युकेबाट हङकङ हुँदै नेपाल आउनुभएको रहेछ । त्यसपछि होम क्वारेन्टाइनमै बसिरहनुभएको थियो । अहिलेसम्म उहाँहरु शारीरिक रुपमा तन्दुरुन्त नै देखिनुहुन्छ, विरामी जस्तो देखिनुभएको छैन । परीक्षण गर्दा भने उहाँहरुमा कोरोना पोजेटिभ देखिएको अवस्था हो ।
उहाँहरुमा एक महिनापछि कसरी देखियो त ?
यस विषयमा अलिकति स्वास्थ्यविज्ञहरुले नै बहस गर्ने विषय हो । उहाँहरु फेरि त्यति बिरामी पनि देखिनुभएको छैन । नेपाल आएको पनि झन्डै एक महिनाभन्दा बढी भइसकेको छ । उहाँहरुमा पोजेटिभ देखिनु हाम्रा लागि पनि आश्चर्यको विषय हो ।
उहाँहरुलाई कसरी कहाँ राख्नुभएको छ र उपचार कसरी भइराखेको छ ?
उहाँहरु अहिले अस्पतालमा हुनुहुन्छ ।
कुन अस्पतालमा राख्नुभएको छ ? कोरोना अस्पतालमा हो ?
होइन, भरतपुर अस्पतालमा राखेका छौं ।
भरतपुरमा त कोरोना अस्पताल पनि छ होइन ?
अहिलेसम्म कतिपय कोरोनाका विरामीलाई पनि भरतपुर अस्पतालले नै हेर्ने गरी जिम्मेवारी दिइएको छ ।
भरतपुर अस्पतालमा उपचार भइराखेको छ, अरुलाई पनि सार्नुभयो कि चितवनमा त संक्रमणको समस्या बढ्ने भयो नि ?
हामीले उहाँहरुको हिस्ट्री लिइसकेपछि को को उहाँहरुको कन्ट्र्याकमा आउनुभयो । त्यसको बारेमा जानकारी हुन्छ ।
उहाँहरुले अलिसम्म कस–कसलाई भेट्नुभएको रहेछ केही तथ्यांकहरु पाउनुभयो ?
हिजो साँझ मात्रै उहाँहरुमा कोरोना भएको पुष्टि स्वास्थ्य मन्त्रालय गरेपछि आज बिहानबाट साथीहरु त्यसमा खट्नुभएको छ । उहाँहरुले अहिलेसम्म कस–कसलाई भेट्नुभएको थियो ? त्यो तथ्यांक लिइसकेपछि यति संख्या भन्ने हुन्छ । अहिलेसम्म यति संख्यासँग भेटघाट गरेको भन्ने एकिन भइसकेको छैन ।
अहिलेसम्म दुईजनामा देखियो, यसले त्यहाँ त संख्या त बढ्न सक्छ नि ?
बढ्न सक्छ । त्यसैलाई मध्येनजर गरेर क्वारेन्टाइनको व्यवस्थादेखि अन्य व्यवस्थाहरु मोटामोटीरुपमा गरिसकेका छौं । पहिलादेखि नै यो जिल्लामा पनि संक्रमण हुन सक्छ भनेर मेनेज पहिलादेखि गरिएको छ । आशा गरौं त्यसको व्यवस्थापन गर्छ सक्छौं ।
त्यसोभए चितवन पनि कोरोना जोखिमको जिल्लामा प¥यो होइन ?
यसै पनि चितवन मान्छेहरु बढी आवतजावत भइरहने जिल्ला हो । यहाँका धेरै मान्छेहरु विदेशमा पनि हुनुहुन्छ । ती विदेशमा हुनेहरु आउनेजाने भइरहन्थ्यो । त्यसैले पहिलादेखि जोखिममा छौं भनेर मेनेज गरिराखेका थियौं । आशा गरौं त्यस्तो बढेर नजाला ।
राहतको समस्या छ कि छैन, चितवनका जनताले खान पाएका छन् कि छैनन् ?
मैले त्यस्तो पाएको छैन । जो ज्याला, मजदुरी गरेर बिहान, बेलुका छाक टार्नुपर्ने खालका मान्छेहरु छन् । उहाँहरु स्थानीय तहमार्पmत सबैले राहत पाइसक्नुभएको छ । राहतमा समस्या भयो भनेर एक, दुईजनाको फोन आएको थियो । मैले त्यसको तुरुन्तै समाधान गरिदिएँ । अहिले त्यस्तो समस्या देखिएको छैन ।
सडकमा गाडी र मान्छे अलपत्र परेको देखियो नि ?
सडकमा भएका समस्या चितवनको मात्रै नभएर अन्यत्रको पनि हो । सरकारले जसरी जो जहाँ छन् उनीहरुलाई त्यही व्यवस्थापन गर्नुभनेर सरकारले भनेकाले हामीले त्यो गर्ने कोसिस ग¥यो । यति हुँदाहुँदै पनि अलिअलि समस्या देखिएको छ । गाडी नभएको अवस्थामा हामी हिँडेरै भएपनि घर जान्छौं भन्ने समस्याहरु केही हदसम्म देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्