Logo

नेपाल जस्तै भूपरिवेष्ठित देश लेसोथोमा सत्ताविद्रोह, सैनिक लगाएर सत्ता टिकाउन खोज्दै प्रधानमन्त्री



एजेन्सी, ७ वैशाख । नेपाल जस्तै भूपरिवेष्ठित मुलुक लेसोथोमा अहिले सत्ता संघर्ष चलेको छ । कोरोना भाइरसको महामारीसँग जुध्न त्यहाँ २४ दिने लकडाउन चलिरहँदा सत्ता संघर्ष चलेको हो ।

सडकमा दंगाफसाद भएपछि त्यहाँका प्रधानमन्त्री थोमस थाबानेले सैनिकको भर पर्नुपरेको छ । उनीविरुद्ध सरकारी अधिकारी नै विरोधमा देखिएका छन् । लगत्तै उनले सेना लगाएर प्रहरी उच्च अधिकारी होलोमो मोलिबिली, पसेका मोकेटीलगायतलाई पक्राउ गराएको अल जजिराले जनाएको छ । उनले सैनिकको सहायता लिएर सत्ता बचाउन खोजेको बुझिएको छ । २४ दिने लकडाउनमा लेसोथो रहेको अवस्थामा उनले सेनाले देशमा कोरोना भाइरसको पालनाका लागि सेनाले सहयोग गर्ने बताएका छन् ।

थाबाने एक्लिदै गएका छन् । विपक्षी मात्र नभई सत्तापक्षकालाई समेत पेलेर जाने तरिका अपनाएका छन् । उनले अन्तिममा सेनाको सहारा लिएर सत्ता टिकाउन खोजेका छन् । तर, लेसोथोका प्रधानमन्त्री थोमस थाबाने अहिले निकै दबाबमा छन् । उनलाई पत्नी हत्याको अभियोग छ । सन् २०१७ मा मारिएकी पत्नीको विषयमा लेसोथोका प्रधानमन्त्री थोमस थाबानेमाथि अनुसन्धान अगाडि बढाइएको छ । उनकी पत्नी लिपोलिओ थाबानेको हत्यामा अनुसन्धान अगाडि बढ्दा सोधपुछ समेत भएको छ । त्यसैले पनि आफूमाथि सोधपुछ गराउने प्रहरी उच्च अधिकृतलाई उनले पक्राउ गर्न लगाएका छन् ।

दक्षिण अफ्रिकाले घेरिएको भूपरिवेष्ठित देश लेसोथोमा यो घटनाले तरंग ल्याएको छ । ८० वर्षीय थोमसमाथि आफ्नै पत्नीलाई पदबहाली हुनुभन्दा दुई दिन अघि गोली हानी हत्या गरेको आरोपमा अनुसन्धान बढेको थियो । दुवैबीच पारपाचुकेको प्रक्रिया बढेको थियो । ५८ वर्षीया लिपोलिओ घरबाहिर राजधानीमा मारिएकी थिइन् । लिपोलिओले पारपाचुके गर्न अस्वीकार गरेकी थिइन् । उनी लोसोथोको प्रथम महिला हुन चाहन्थिन् ।

थोमस थबानेले जेठी पत्नी मारिएको दुई महिनापछि ४२ वर्षीया मैसाइहासँग विवाह गरेका थिए । उनीमाथि पनि हत्याको अनुसन्धान भइरहेको छ । मैसाइहा विवादास्पद महिला हुन् । उनीमाथि लेसोथोको राजनीतिमा हस्तक्षेप गरेको आरोप लागिरकेको छ ।-एजेन्सी Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्