Logo

आज २०७७ बैशाख ७ गते आइतबारको राशिफल



काठमाडौं, ७ बैशाख । आज श्री शाके १९४१ बि.स.२०७७ साल बैशाख ७ गते आइतबार इश्वी सन २०२० अप्रिल १९ तारीख बैशाख कृष्णपक्ष द्वादशी तिथी पूर्वभाद्रपदा नक्षत्र बह्मा योग कौलव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा राक्षस योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋर्तु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाणीमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परिश्रमको कदर हुनसक्ने योग रहेको छ । नयाँ लगानीका निम्ति उत्तम समय रहेको छ । रचानात्मक कार्यमा जुट्ने समय रहेकोछ । आयआर्जनको लागि राम्रो समय रहेको छ । हरकोहीको पुर्ण विश्वास नगर्नुहोला धोका हुनसक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तिको योग बन्नेछ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनुपर्ने समय रहेकोछ । सवारीसाधनको प्रयोगमा सजग रहनु होला । गरीरहेको कार्य क्षणिक रुपमा परिर्वतन गर्नुपर्ने समय रहेको छ । शुभचिन्तकहरुको साथ र सहयोगद्वारा अधुरा कार्यहरु सम्पादित हुनेछन ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनुपर्ने समय रहेको छ । आय आम्दानीमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरु बढ्नेछन । मित्रजनहरुको साथ र सहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यले अपजस दिलाउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बिश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नुपर्नेछ । खानपानका कारण स्वास्थ्यका क्षेत्रमा सामान्य तनाबको सामना गर्नुपर्ने समय रहेकोछ । शुभचिन्तकहरुको माध्यम बाट आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिने समय रहेकोछ । वाणीका कारण सामान्य वादविवादको झमेलामा फसिएला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्यआर्जनका निम्ति सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ लगानी गर्न उत्तम समय रहेकोछ । समयमा गरिएको सही निर्णय उत्तम साबित हुनेछन । जीवनसाथीको साथ र सहयोगमा व्यापार तथा व्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिष्पर्धाजन्य कार्यमा बिशेष सजग रहनुहोला । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । सामान्य आर्थिक संकटको सामना गर्नुपर्ला । मनोरञ्जनका निम्ति सामान्य यात्राको योग बन्नेछ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आय आम्दानीमा बिशिष्ट ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठनपाठनका निम्ति समय उत्तम रहनेछ । मित्रजनहरुको साथ र सहयोग मनग्य प्राप्त रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको स्वास्थ्यमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तपाईद्वारा सम्पादित कार्य चर्चायोग्य साबित रहनेछ । सभा तथा सम्मेलनजन्य कार्यमा सरिक हुने तथा मानसम्मान प्राप्तिको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहने दिन रहेकोछ । सवारीसाधनको प्रयोगमा विशेष साबधान रहनुपर्ने समय रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । प्रिय मित्रजनसँगको भेटघाटले मन हर्षित रहने योग रहेकोछ । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित हुने योग रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) स्थिर क्षेत्रमा गरीएको लगानी दिर्घकालिन आम्दानीको श्रोत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहनेछ । खानपानमा भने सजग रहनु होला । प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ । बाणीका कारण सामान्य वाद विवादको सामना गर्नुपर्ने समय रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रभावशाली ब्यत्तित्वको विकास हुनेछ । कार्य सम्पादनमा आँट र साहसको वृद्धि हुने समय रहेको छ । मित्रजनहरुको साथ र सहयोग मनग्य प्राप्त रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँ कार्यको थालनी हुने समय रहेकोछ । कार्यसम्पादनमा आएको असहज परिस्थितिहरु सुधारोन्मुख रहनेछन ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पिनु उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमी नरहला । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । प्रतिष्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सामान्य आर्थिक अभाबको सम्भाबना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्