Logo

ब्राजिलमा लकडाउनको अवज्ञा गर्दै हर्न प्रदर्शन



७ वैशाख:  ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले घोषणा गरेको राष्ट्रव्यापी लकडाउनको अवज्ञा गर्दै ब्राजिलका विभिन्न शहरमा सयौं व्यक्तिले विरोध प्रदर्शन गरेका छन् ।

ट्रक, कार र मोटरसाइकलमा आएका प्रदर्शनकारीले रियो दे जेनेरो, साओ पाउलो र राजधानी ब्रासिलिया समेतका शहरका सडकमा लकडाउनको विरोधमा हर्न बजाएर विरोध गरेका थिए । उनीहरुले हप्तौंसम्म अधिकांश पेशा व्यवसाय बन्द गर्न आदेश जारी गर्ने गभर्नरहरुलाई राजीनामा दिन माग गरेका छन् ।

ब्रासिलियामा राष्ट्रपति बोल्सोनारोले अर्थतन्त्र पुनः खुला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot