Logo

जमाती लुकेको खबर दिंदा झडप



पर्सा, ७ वैशाख । पर्साको बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा रहेको मस्जिदमा केही जमातीहरू आएर बसेको सूचना प्रहरीलाई दिंदा शनिबार बेलुकी दुई पक्षबीच झडप भएको छ ।

मौजेटोलमा दुई पक्षबीच भएको झडपमा दुवै पक्षका गरी कम्तीमा १५ जना भन्दाबढी घाइते भएका छन् । जस मध्ये ८ जनाको अवस्था गम्भीर भएकोले घाइते हुनेहरूलाई बीरगंजको विभिन्न अस्पतालहरूमा भर्ना गराइएको छ। यस झडपमा घाइतेहरू फैयाद देवान, फतिमा खातुन, मखमुल राय भाट र बडिया राय भाट, चन्दन गुप्ता कलवार, सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी छन्। स्थानीयहरूले दिएको जानकारी अनुसार वडासदस्य फकरुद्धिन अहमद देवानको नेतृत्वमा मौजेटोलमा रहेको मस्जिदबाट शनिबार बेलुकी केही व्यक्तिले स्थानीयहरूको घरमा ढुङगा, इँटा प्रहार गरेपछि त्यही विषयलाई लिएर झडप भएको हो ।

मस्जिदमा बाहिरका जमाती ल्याएर राखिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरे पछि मस्जिदबाट र मस्जिद छेउछाउमा रहेका मुस्लिमहरूको घरबाट सबै जना निस्केर ढुङगा, इँटा हान्न थालेपछि स्थानीयले प्रतिवाद गर्दा झडप हुन पुगेको वडा अध्यक्ष रवि गुप्ताले बताए । झडपमा घाइते भइ नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका चन्दन गुप्ताले भने ‘मस्जिदमा केहिदिन देखि बस्दै आएका बाहिरका जमातीलाई नराखौ भनेर आफूहरु जाँदा ढुङगाले हान्न थालिएपछि झडप भएको हो।’ झडपको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा आएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो ।

प्रहरीले झडपमा संलग्न रहेको आरोपमा स्थानीय नसुरलाह मियाँ सहित पांच जनालाई नियन्त्रणमा लिएको छ । ‘पांच जनालाइ नियन्त्रणमा लिएका छौं, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भनिन। यस विषयमा अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन्। वडा अध्यक्ष रवि गुप्ताले गाँउमा समाजिक सदभाव बिथोल्ने नियत राखेका केही व्यक्तिका कारण दुःखद् घटना हुन पुगेको बताए। ‘मस्जिदमा बाहिरका केही जमातीहरू आएको र उनीहरू ओहर दोहर गरि रहेको थाहा पाए पछि प्रहरीलाई खबर गरेका हौं। ‘हामीले पहिल्यै प्रहरी बोलाएर मस्जिदमा खानतलासी गर्न भनेका थिऔं तर प्रहरीले ध्यान दिएन। उनले भने,‘तर सामाजिक सद्भाव बिथोल्ने कुनियत राखेकाहरुका कारण घटना हुन पुग्यो।

के हो विवाद

विश्रामपुरको मौजेटोलमा रहेको मस्जिदमा सामुहिक नवाज पढ्ने विषय नै मुख्य विवाद हो । दुई सप्ताह पहिला शुक्रबारको नवाज पढ्न मस्जिदमा सामुहिक जम्मा भएका थिए । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न सामुहिक भेला वा जमघट नहुन प्रतिबन्ध नै लगाएको छ । तर मौजेटोलका मुस्लिम समुदायले अटेरी गरेर लकडाउन र सरकारको निर्देशनलाई उलंघन गर्दै मस्जिदमा सामुहिक भेला भई नवाज पढ्ने तयारीमा जुटेका थिए । लगतै बहुअर्वाभाट्टाबाट गएको प्रहरी टोलीले मस्जिदमा भएको सामुहिक भेला रोकेका थिए ।

यसरी सामुहिक भेला भई नवाज नपढ्न चेतावनी दिदै उनीहरुलाई बाहिर निकालेर प्रहरीले मस्जिद खाली गराएको थियो । हिन्दु समुदायले नै सुराकी गरेर मस्जिदमा भेला हुन नदिएको निहुँमा मुस्लिम समुदायले मनमा क्रोध राखेका थिए । यसको विषयमा बारम्बार समान्य विवाद पनि हुदै आएको थियो । घाइते भइ नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका चन्दन गुप्ताले भने, मस्जिदमा केहिदिन देखि बस्दै आएका बाहिरका जमातीलाई नराखौ भनेर आफूहरु आग्रह गर्दा उल्टै निहुँ खोजेर ढुङगाले हान्न थालिएपछि झडप भएको बताए । स्थानिय अनुसार मस्जिदमा विभिन्न ठाउँबाट आएको व्यक्तिहरु सामुहिक भेला भएर नवाज पढ्ने गरेका छन् जसले गर्दा एकबाट अर्कोमा गरी पुरै गाउँमै कोरोना संक्रमण फैलन सक्ने भएकोले यसरी भेला नहुन एक दुई पल्ट आग्रह पनि गरिएको थियो ।

तर मुस्लिम समुदायले मानेन्, गत शुक्रबार पनि मस्जिदमा सामुहिक भेला भएपछि प्रहरीले पुन छापामारी समेत गरेको थियो । हिन्दु समुदायले नै मस्जिदमा छापामारी गर्न लगाएको निहुँ खोजेर शनिबार बेलुकी एक्कासी विवाद खडा गरेर हिन्दुमाथि आक्रमण गरेका थिए । मौजेटोलमा मस्जिद आसपास करिब २ सय मुस्लिम समुदायको घर छ । त्यहाँ ५० घर मात्र हिन्दु परिवारको छ । एक्कासी मुस्लिम समुदायले हिन्दु समुदायमाथि ढुंगामुडा गर्दा आधादर्जन भन्दा बढी घाईते भएका छन । बचाउँनमा प्रतिकार गरेपछि मुस्लिम समुदायका पनि केहि घाईते भएका छन ।-मिथिला रत्नबाट



प्रतिक्रिया दिनुहोस्