Logo

नेपाल सम्म कनेक्सन भएको तबलिगी जमातलाई कहाँबाट आयो रकम ?



एजेन्सी, ७ वैशाख । दिल्लीको निजामुद्दीन मुकाम रहेको तबलिगी जमात मुस्लिम धार्मिक समुदाय अहिले निकै चर्चामा छ । यही समूहले कोरोना भाइरस विश्वव्यापी महामारी घोषणा भइसक्दा धार्मिक भेला गर्यो । हजारौंको धार्मिक भेला कोरोना संक्रमण फैलनुको कारण बन्यो ।

भारतमा कुल कोरोना भाइरसको संक्रमण संख्यामध्ये आधा भन्दा बढी तबलिगी जमात कारण बनेको तथ्यांक सार्वजनिक भएको छ । आजतकले कतिपय राज्यहरुमा कोरोना संक्रमणको ८० प्रतिशतसम्मको कारण तबलिगी जमातको धार्मिक भेला बनेको छ ।

तबलिगी जमातका प्रमुख मौलाना साद अहिले लुकेका छन् । उनी दिल्ली प्रहरीको खोजीको सूचीमा छन् । उनीमाथि दिल्ली प्रहरीले आपराधिक षड्यन्त्र गरेको, लकडाउन नियम उल्लंघन गरेकोलगायतको आरोप लगाएको छ ।

इन्डिया टुडेका अनुसार तललिगी जमातको मर्कज ट्रष्टमा आएको रकमबारे समेत अुनसन्धान बढाइएको छ । रकम शंकास्पद देखिएपछि कालो धनलाई सेतो बनाउने आर्थिक अपराधको मुद्दा दायर भएको छ । तललिगी जमातका कतिपय अनुयायी र प्रमुख व्यक्तिहरुले खाडी मुलुकका व्यक्तिहरुबाट सहयोग ल्याएको इन्डिया टुडेले जनाएको छ । त्यो रकमको वैधताबारे प्रश्न उठेको छ । त्यो रकम कहाँ कहाँ पुग्थ्यो र कसरी खर्च हुन्थ्यो भन्नेबारे समेत अनुसन्धान बढेपछि नेपालमा रहेका जमातीहरुसँग समेत यसको कनेक्सन हुने निश्चित देखिएको छ ।

सहयोग रकम कालो धनलाई सेतो बनाउने माध्यम वा हवालाको माध्यम कसरी आएको हो भनी अुसन्धान भई अभियोग दायर भएको हो । सादले व्यक्तिगत लाभका लागि ट्रष्टको रकम प्रयोग गरेको हुनसक्नेबारे समेत अनुसन्धान बढेको जनाइएको छ । उनीमाथि आर्थिक अपराधको समेत अभियोग दर्ता भएपछि यो विषयले नयाँ मोड लिएको छ ।

यसैगरी, लुकेकै अवस्थामा उनले अडियो सन्देश दिदै संयमता अपनाउन आफ्ना समर्थकलाई आव्हान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्