Logo

अन्न भण्डार तराईमै राहत वितरणमा अन्न अभाव



बारा, ७ वैशाख । नेपालको अन्न भण्डार हो तराई-मधेश । तर, अहिले तराई मधेशमै अन्न अभाव हुनथालेको छ । लकडाउनका कारण आपूर्तिमा असहजता र मानिसहरुले बढी अन्न जोहो गर्न थालेपछि अन्न अभाव हुन थालेको बुझिएको छ । जसका कारण राहत वितरणमा पनि समस्या भोग्नुपरेको स्थानीय निकायका जनप्रतिनिधिले बताएका छन् ।

समयमै सामाग्री नपाउँदा बाराको पचरौता नगरपालिकाले राहत बल्ल आजबाट वितरण गर्न शुरु गरेको छ । पचरौताका मेयर रमेश कुमार यादवले मिलबाट चामल पाउन समेत निकै कठिनाई भइरहेको बताए । उनले भने,’ अन्नको अभाव हुँदै गएको छ, सामान जुटाउनै कठिन भयो ।’

जनगुनासो बढेपनि बल्ल अन्न व्यवस्था गरेर राहत बाँड्न थालेको बताए । प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ केजी नुन र १ केजी तेलका अलावा ५ केजी आलु राखेर प्याकेट वितरण गरिएको बताए । आज बल्ल दुईवटा वडामा बाँडिएको र कतिपय वडामा पेश्की दिएर बाँड्न लगाइएको बताए ।

राहत बाँड्न पनि अन्नको अभाव हुनथालेपछि संकट आउनसक्ने मेयर यादवको भनाई छ । उनले राहत वितरणमा कमिटि बनाएर काम भइरहेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot