काठमाडौं, ७ वैशाख । नेपालमा कोरोना भाइरसका सातौं संक्रमित पुरुष अस्पतालबाट डिस्चार्ज हुँदैछन् । उनी १४ दिनको अस्पताल बसाईंपछि रोगमुक्त भई अहिले केही बेरमै डिस्चार्ज हुन लागेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
सेती अस्पतालमा उपचाररत पुरुष छोटो समयमै निको भएका छन् । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा कोरोना संक्रमण पत्ता लागेको हो । उनी लकडाउनका बखत नेपाल प्रवेश गरेका थिए ।
क्वारेन्टाइनमा राखिएका उनी चेकजाँचका क्रममा संक्रमित भेटिएका थिए ।
यसअघि हिजो दुई कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएका थिए ।-File Photo