Logo

डा. शेरबहादुर पुनलाई स्पष्टिकरण सोधिएको छैन : मन्त्रालय



वैशाख ७, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई मन्त्रालयमा उपस्थित हुन गरिएको पत्राचारका बारेमा गलत अर्थ अर्थ नलगाउने आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव रघुराम विस्टले प्रमुख मेडिकल रिसर्चसर डा. पुनलाई अस्पतालको काममा बाधा नपर्ने गरी मन्त्रालयमा छलफल गर्न बोलाएको विषयलाई संचारमाध्यमले सत्यतथ्य नबुझी भ्रम फैल्याएको अरोप लगाए । मन्त्रालयको विज्ञप्ति पढ्दै विस्टले मन्त्रालयमा उपस्थित हुनका लागि पठाइएको पत्र डा. पुनले प्राप्त नगरेको भन्ने प्रतिक्रियालाईसमेत गलत ढंगले प्रस्तुत गरिएको सहसचिव विस्टले बताए ।

स्पष्टिकरण सोधिएको नभै छलफल गर्न मात्रै बोलाएकोमा मन्त्री भानुभक्त ढकालकोसमेत नाम मुछेर बदनाम गर्न खोजिएको भन्दै मन्त्रालयले संचारमाध्यमप्रति निन्दा व्यक्त गरेको छ । समाजमा नकारात्मक सन्देश दिन खोजिएको भन्दै मन्त्रालयले आपत्ति जनाएको हो । साथै अबदेखि समाचार प्रकासन तथा प्रशारण गर्दा पर्याप्त प्रमाणका आधारमा गर्न पनि मन्त्रालयले सचेत गराएको छ ।

कोरोना संक्रमणको जोखिम कम गर्न स्वास्थ्यकर्मीलाई उत्साहित बनाउने कुरामा मन्त्रानलय प्रतिवद्ध रहेको पनि बताइएको छ । सहसचिव विष्टले डा. पुनलाई मन्त्रालयले पठाएको पत्र पढेर सुनाएका थिए । वैशाख ५ गते पठाइएको पत्रमा अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड नाइन्टिन नियन्त्रणका लागि मन्त्रालयले संचालन गरेको अभियानमा सहयोग पुर्याउने काममा लागि डा. पुनलाई मन्त्रालयमा उपस्थित हुने भन्ने उल्लेख छ । डा. पुन आजै मन्त्रालय उपस्थित भएर मन्त्री ढकाललाई भेटेका छन् ।



प्रतिक्रिया दिनुहोस्