Logo

फिशर रोग



गुदा वा गुदा नलीमा कुनै प्रकारको समस्या भएमा यसलाई फिशर भनिन्छ । फिशर प्राय त्यतिबेला हुन्छ, जब तपाइँ दिशा गर्ने क्रममा अफ्ठेरो र ठुलो आकारको दिशा निकाल्छ । फिशरको कारण वास्तवमा दिशा गर्ने क्रममा दुखाइ हुने र दिशामा रगत आउने हुन्छ ।

फिशरको क्रममा तपाइँलाई दिशाको अन्तमा मांसपेशीमा ऐठन महसुस हुनसक्छ । यसको सानो बच्चामा धेरै सामान्य स्थिती हुन्छ, तर यो कुनै पनि उमेरमा हुनसक्छ । फिशरको धेरै समस्या सामान्य उपचारमा नै ठिक हुन्छ, जस्तो खाद्य पद्धार्थमा फाइबरको मात्रा धेरै लिने र धेरै सिट्सबाथ लिनु पर्छ । फिशरबाट ग्रस्त केही मानिसलाई केडिकल मद्दतको आवश्यकता पर्न सक्छ । कहिले कहिले सर्जरीको आवश्यकता पनि पर्छ ।

लक्षण

  • मल त्याग गर्ने क्रम कहिले कहिले गम्भीर दुखाइ हुने
  • दिशा गरेपछि धेरै लामो समय सम्म दुखिरहने
  • दिशा गाढा रातो रंगको देखिने
  • गुद्धारको वरपर चिलाउने
  • गुद्धारको वरपर छालामा दरार हुने
  • गुद्धार फिशरको वरपर छालामा गाँठो वा छाला ट्याग देखिने
  • दिशा गर्दा दुखेमा र रगत आएमा डाक्टरलाई देखाइहाल्नु पर्छ ।

उपचार

कब्जियतको रोकथाम गर्दा फिशर विकसीत हुने जोखिम बढ्न सक्छ । यदि पहिले नै फिशरको समस्या भएमा कब्जियतको रोकथाम गर्नु धेरै जरुरी हुन्छ ।

  • सन्तुलित आहार खाने, जसमा फाइबर र सागको को मात्रा बढाउने
  • पर्याप्त मात्रामा तरल पद्धार्थ पिउने
  • नियमित रुपमा व्यायाम गर्ने
  • दैनिक दिशागर्ने एकै समय निर्धारीत गर्ने ।
  • अल्कोहल वा कैफिनयुक्त पद्धार्थ (चिया र कफि)को सेवन गर्ने
  • दिशा गरेपछि गुदा विस्तारै विस्तारै पुछ्ने
  • दिशा गर्न मन लागेमा तुरुन्त जाने ढिला नगर्ने
  • शौचालयमा धेरै बेर नबस्ने र जोड नगर्ने ।


प्रतिक्रिया दिनुहोस्

Screenshot