Logo

फिस्टुला (भगन्दर)



फिस्टुला अंग वा नशाको बीचमा हुने एक असामान्य जोड हो । यसले प्राकृतिक रुपमा नजोडीएको अंग वा नशालाई जोड्ने काम गर्छ, जस्तो आन्द्रा वा छालाकोबीचमा, योनी वा मलाशयको बीचमा ।

फिस्टुला केही प्रकारको हुन्छन् सबैभन्दा सामान्य प्रकार हो भगन्दर (एनल फिस्टुला)

भगन्दर एक सानो नली समान हुन्छ जसले आन्द्राको भागको गुदाको नजिक छालामा जोडीदिन्छ । सामान्यतया कुनै संक्रमण सहि तरीकाले हुन पाएको हुँदैन धेरै भगन्दर तपाइँको गुदा नलीको वरपर जम्मा भएर हुन्छन् । यो छालाबाट आफै बाहिर निस्कन्छन यसको लागि अपरेसनको आवश्यकता पर्दैन । भगन्दर तब हुन्छ जब छाला बाहिर आउनेको लागि बनाएको बाटो खुल्ला हुन्छ वा ठिक हुन पाउदैन ।

लक्षण

  • गुद्धारको वरपर बारम्बार फुट्नु
  • गुद्धारको आसपासमा दुखाइ र सुन्निने
  • दिशा जानेमा दुखाइ
  • रक्तश्राव
  • गुद्धारको वरपर एक भागमा धेरै रगत निस्कनु वा रगत गएपछि दुखाइ कम हुनु
  • पटक पटक पस निक्लनेका कारण वरपरको छाला पोल्ने
  • ज्वरो, चिसो लाग्ने र थकान महसुस हुने
  • कब्जियत
  • सुन्निने

कारण

  • क्रोहन रोगः एक लामो बिरामी जसले पाचन तन्त्र सुन्निने
  • डाइवर्टिक्युलाइटिसः ठुलो आन्द्रामा बन्ने थैली सुन्निने
  • गुदाको वरपरको छालामा दाग बस्नु
  • क्षयरोग वा एचआईवीबाट संक्रमित हुनु
  • गुद्धारको नजिक कुनै सर्जरीको जटिलता


प्रतिक्रिया दिनुहोस्

Screenshot