भरत पुरी
कठीन यो प्रहर
कोरोनाको कहर
हैन कसैको रहर्
आक्रान्त छ शहर
छैन कसैको वसमा
पर्न सकेन कसमा
सर्छ पो यो लसपसमा
मर्छ को को पल पलमा
नगए बाहिर कतै
आउॅंदैन भित्र कसै
कठिन जीवन कठै
तर बाच्छौं सबै
कस्तो कठीन सामना
राखौं सम भावना
जुटेर हैन फुटेर
खुलेर हैन लुकेर
कोरोना तॅंलाई मास्छौं
डण्डी तेरो भाच्छौं
दिन्छौं सॉंच्चै फॉंसी
जीउॅंछौं रम्दै हॉंसी
जोड्छन् तेरो मलामी
पोल्छन् बिना सलामी
प्रार्थना गरौं अब
कामना चिरन्जीवि सब
(पुरी हाल न्युयोर्कमा छन्)