Logo

संक्रमित २४ लाख पुगे, १ लाख ६५ हजारको मृत्यु



वैशाख ८, काठमाण्डौ । कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या सोमबार राति १:१५ बजेसम्म १ लाख ६४ हजार ४ सय ८५ जना पुगेको छ। कोरोनाले २३ लाख ९४ हजार जना संक्रमित भएका छन् । त्यस्तै ६ लाख १५ हजार जना उपचारले निको भएका छन्।
उपचाररत १६ लाख  हजारमध्ये  ५४ हजार २ सयको अवस्था गम्भीर छ ।

कोरोना भाइरसले आइतबार अमेरिकामा १ हजार २ सय ९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार २ सय २३ पुगेको छ भने संक्रमितको संख्या ७ लाख ५८ हजार पुगेको छ । त्यहाँ १९ हजार नयाँ संक्रमित थपिएका हुन् ।

फ्रान्समा आइतबार ३ सय ९५ जनाले ज्यान गुमाउँदा कुल मृतकको संख्या १९ हजार ७ सय १८ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ५३ हजार छ ।

बेलायतमा आइतबार एकै दिन ५ सय ९६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म १६ हजार ६० जनाले ज्यान गुमाएका छन् । १ लााख २० हजार संक्रमित मध्ये ५ हजार ८ सय जना नयाँ संक्रमित थपिएका छन् ।

इटलीमा एकै दिन ४ सय ३३ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा २३ हजार ६ सय ६० जनाले ज्यान गुमाएका छन् । त्यहाँँ १ लाख ७९ हजार संक्रमित छन् ।

त्यस्तै स्पेनमा हालसम्म २० हजार ४ सय ५३ जनाले ज्यान गुमाएका छन्। आइतबार ४ सय १० जनाले ज्यान गुमाएका हुन् । स्पेनमा १ लाख ९६ हजार संक्रमित छन्।

चिनमा पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएन । तर १६ जना संक्रमित थपिएका छन् । चिनमा ४ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म इरानमा ५ हजार १ सय १८, बेल्जियममा ५ हजार ६ सय ८३, जर्मनीमा ४ हजार ५ सय ४८, नेदरल्याण्डमा ३ हजार ६ सय ८४, ब्राजिलमा २ हजार ३ सय ८८ र स्विजरल्याण्डमा १ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ ।

त्यसैगरि टर्कीमा २ हजार १७, स्विडेनमा १ हजार ५ सय ४० र क्यानडामा १ हजार ५ सय ८३ जनाको मृृृृत्युु भएको छ ।

त्यसैगरि भारतमा ५ सय ५९ जनाको मृत्यु भएको छ भने १७ हजार ६ सय १५ जना संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot